
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, १५ पुसः पुुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो माग बढ्छ । पुस १५ मा त टिनभरी बोकेर ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै हिँड्ने प्रचलन यस क्षेत्रको छुट्टै संस्कृति जस्तै बनिसकेकोे थियो ।
यातायातको सुविधासँगै बढ्दो बजारीकरणले घरघरमा पुगी खुदो बेच्ने चलन लोप जस्तै बनेपनि यहाँको खुदोको माग भने झन्–झन् बढ्दो छ । उखु उत्पादनको आकर्षणलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता वडा नं ३२ को मालेपाटन ढोडबेँसी क्षेत्रलाई उखु पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।
महानगरपालिकाले उखु पकेट क्षेत्रका रुपमा यस क्षेत्रमा विभिन्न किसिमका प्रोत्साहन सहयोग गरिरहेको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । “हामीले यस क्षेत्रमा उखु खेतीको आकर्षण एवं सम्भावनालाई दृष्टिगत गरी तीन वर्षयता उखु पकेट क्षेत्र घोषणा गरेका छौँ”, उहाँले भन्नुभयो, “पकेट क्षेत्रअन्तर्गत यस क्षेत्रमा कृषकलाई प्रतिरोपनी रु एक हजार पाँच सय दरले प्रोत्साहन रकम प्रदान गरिएको छ भने उखु पेल्ने मेसिन खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ । यहाँको खुदोको पहिचानलाई हराउन नदिन प्याकेजिङ, ब्राण्डिङ, प्रयोगशाला परीक्षण आदिमा सहयोग गरिएको छ ।”
मालेपाटन ढोडबेँसीको खुदो उत्पादनको इतिहासलाई जगेर्ना गर्दै कृषकलाई थप उत्प्रेरित गर्न महानगरका कृषि विकास शाखा एवं व्यवसाय प्रवर्द्धन केन्द्रले खुदो मेला आयोजना गरेका केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
मेलाका अवसरमा खुदो खाने प्रतियोगिता, सबैभन्दा राम्रो व्यापारिक कक्ष (स्टल) लाई पुरस्कार, उखु उत्पादक कृषकलाई सम्मानसँगै तातो खुदो खान पाउने व्यवस्था गरिएको थियो । मेलाका अवसरमा राम्रो व्यवस्थापनसहित धेरै क्षेत्रफलमा उखु उत्पादन गर्ने उत्कृष्ट कृषकहरू तुुलसी तिमल्सिना, पूर्णबहादुर धमला, रामचन्द ओझा र लोकनाथ अधिकारीलाई महानगरपालिकाका तर्फबाट पहिलो, दोस्रो, तेस्रो र चौथो पुरस्कार स्वरुप क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु तीन हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै खुदो खाने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने क्रमश: रञ्जन सुवेदी, गुरुदत्त पराजुुली, बाबुराम पौडेल र शेखरनाथ लामिछानेलाई पुरस्कृत गरिएको थियो । उहाँहरूलाई क्रमशः चार लिटर, तीन लिटर, दुई लिटर र एक लिटर खुदो प्रदान गरी पुरस्कृत गरिएको थियो ।
मेलाका अवसरमा सहभागीलाई तातो खुदोको स्वाद चखाइएको थियो भने विभिन्न व्यापारिक कक्षमार्फत खुदो किनेर लैजाने व्यवस्था गरिएको थियो । मेलामा उखु उत्पादक कृषक मीना धमलाले उखुबाटै बनाइएको बाला, मालाका साथै छड्के तिलहरी आदि गरगहना लगाएर आकर्षणको केन्द्र बन्नुभएको थियो । उखु खेतीबाटै आँफू आत्मनिर्भर बनेको र यसैका माध्यमबाट गरगहना समेत किन्ने भएकोले प्रतिकात्मक रुपमा उखुबाट गरगहना बनाएर लगाएको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले कृषकलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । महानगरपालिकाले उत्पादनमा जोड दिएको बताउँदै उहाँले उत्पादनमा आधारित अनुदानमा जोड दिँदै त्यसमार्फत उत्पादनकै माध्यमबाट रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने योजनामा महानगर रहेको बताउनुभयो ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक वासु रेग्मी, पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्क्लबहादुर कार्की लगायतले मालेपाटन ढोडबेसी क्षेत्रको उखुु खेतीको इतिहास र सम्भावनालगायत विषयमा आ आफ्ना धारणा राख्नुुभएको थियो ।
बुढापाकाहरूका अनुसार दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन थियो । उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै अझै व्यावसायिक बनाउनेतर्फ जोड दिइएको स्थानीयवासी बताउँछन् ।
नेपाली संस्कृतिअनुसार पुस १५ मा लट्टे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले यस अवधिमा निकै माग हुने गर्दछ । उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको स्थानीयवासी महेश्वर पौडेलले बताउनुभयो ।
व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालन पनि गर्दै आएको छन् । मालेपाटन र ढोडबेँसी क्षेत्रमा रु एक करोड बराबरको कारोबार हुने गरेको छ ।
विगतमा यस क्षेत्रमा रैथाने, काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई विसं २०५० मा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने