
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, ६ पुस । पोखराको सूर्यदर्शनसहितका सहकारी ठगीका मुख्य योजनाकार गीतेन्द्रबाबु (जीबी) राईलाई १५ वर्षसम्म कैद र साढे २ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै शुक्रबार कास्की जिल्ला अदालतमा पूरक मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले राईसहित सूर्यदर्शन सहकारी ठगीका सुरुआती १९ प्रतिवादीलाई थप कसुर र बिगो कायम गर्दै पूरक अभियोगपत्र दर्ता गरेको हो । सूर्यदर्शन सहकारीका बचत अपचलनकर्ताबाट मात्रै १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो मागदाबी गरिएको छ ।
सहकारीपीडितले २०८० भदौ २२ मा सूर्यदर्शन सहकारीका संरक्षक एवं पूर्वअध्यक्ष जीबी राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारी र प्रमोद भट्टराईविरुद्ध जाहेरी दिएका थिए । पोखरा महानगरपालिकाले सहकारीको वित्तीय विश्लेषण प्रतिवेदन तयार पारेपछि प्रहरीले थप १२ जनामाथि अनुसन्धान थालेको थियो ।
सहकारीको पूर्वसञ्चालक समितिमा रहेका भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ, भवीश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोक्का, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठसमेत गरी १९ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले २०८० असोज १८ मा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यतिबेला १ अर्ब ११ करोड १९ लाख ४३ हजार बिगो मागदाबी गरिएको थियो ।
शुक्रबार भने सहकारी ठगीमा बिगो बढाएर संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाइएको हो । कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेले १९ अभियुक्तमध्ये १६ जनाका हकमा सहकारी ठगीको दफा र बिगो दाबी थप भएको जानकारी दिए ।
‘जीबी राईका हकमा सहकारीको दफा थप, बिगो थप, संगठित अपराधको दफासहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको दफा थपसहित पूरक अभियोग प्राप्त भएको छ,’ उनले भने ।
जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेले अपचलनकर्ताबाट असुल गरी बचतकर्तालाई दिलाउन मुद्दा दर्ता गरिएको बताइन् । ‘पुरानो अभियोगलाई प्रमाणित गर्न थप दाबी गरेर मुद्दालाई पूर्णता दिएका छौं,’ उनले भनिन्, ‘ककसले कति अपचलन गरेको छ, कति बिगो भर्नुपर्ने हो, अभियोगपत्रमा छ ।’
यो प्रकरण सहकारी ठगी मात्रै नभएर संगठित अपराध, राष्ट्र बैंक ऐनविरुद्धको कसुर र सम्पत्ति शुद्धीकरण पनि जोडिएको उनले बताइन् ।
पूरक अभियोगमा सबैभन्दा धेरै बिगो र सजायको मागदाबी जीबी राईका नाममा छ । उनका लागि सम्पत्ति शुद्धीकरणमा करिब एक अर्ब ८६ करोड ७३ लाख बिगो कायम गरिएको छ ।
त्यसमध्ये सहकारी ठगीतर्फ सामूहिक र व्यक्तिगत बिगो गरी ४६ करोड ६८ लाख र राष्ट्र बैंक ऐनअन्तर्गत सामूहिक जिम्मेवारीतर्फ १८ करोड ४८ लाख ८ हजार छ । सामूहिक बिगोतर्फ सहकारीको १७ करोड ३२ लाख, गोर्खा मिडिया नेटवर्कको २ करोड ५० लाख, नेचर हर्ब्सको ३ करोड ८७ लाख, नेचर नेस्टको ४ करोड ४५ लाख, जीबी ग्रुपबाट २ करोड ६० लाख, स्प्रिङउडको १ करोड ४७ लाख, गोर्खा ग्रुप मल्टीको १ करोड ११ लाख र एस एन्ड बी कम्पनीको ३० लाख बिगो कायम छ ।
राईलाई सहकारी ठगीमा ६ देखि ८ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय, राष्ट्र बैंक ऐन २०५८ बमोजिम ३ वर्षसम्म कैद र सम्पत्ति शुद्धीकरण कसुरमा २ देखि १५ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना मागदाबी गरिएको छ ।
पूरक अभियोग लगाइएका १९ मध्ये कैलाशकुमार दर्लामी, कुमार रम्तेल, प्रमोद भट्टराई, अनुज नकर्मी, शिवबहादुर गुरुङ र भवीश्वर अर्याल कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन् । जीबी राईसहित १३ जना फरार छन् । रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछाने, पूर्वउपाध्यक्ष छविलाल जोशीसहित अन्य नयाँका हकमा अदालतमा मुद्दा लान बाँकी छ ।
सहकारीका पीडितले २०८० माघ २२ मा रवि लामिछाने, ज्ञानबहादुर बम्जन, नेत्रपाणी बाँस्तोला, दीपेश पुन मगर र १४ वटा कम्पनीविरुद्ध पूरक जाहेरी दिएका थिए । पोखरा महानगरपालिकाले पुनः अर्को वित्तीय विश्लेषण तयार गरी गत वैशाख २६ मा प्रहरीलाई प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले गत असारमा सहकारीको अपचलनमा पूर्वसञ्चालक समितिमा रहेका थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेर अनुसन्धान थालेको थियो । त्यतिबेलै बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा उनी पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् । उनी सूर्यदर्शनको पूर्वउपाध्यक्षसमेत हुन् ।
असारमा पक्राउ पुर्जी जारी गरिएका २५ जनामध्ये ओमप्रकाश गुरुङ बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रूपन्देही कारागारमा छन् । सूर्यदर्शनसँगै जोडिएका लीलाबहादुर गुरुङ नख्खु कारागारमा पुर्पक्षमा छन् ।
उनीविरुद्ध ललितपुरको कल्याण उपकार सहकारीको बचत अपचलनको अभियोगमा पनि मुद्दा चलिरहेको छ । यसरी प्रहरीले प्रतिवादी बनाउनुपर्ने भनेकामध्ये ९ जना पुर्पक्षका लागि पहिले नै विभिन्न जिल्लाका कारागारमा रहेका हुन् ।
सूर्यदर्शन सहकारीको बचत अपचलनमा कास्की प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतको टोलीले अनुसन्धान गरेको थियो । लामिछानेले गृहमन्त्री भएका बेला संसदीय समितिमा प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आफूविरुद्ध कतै उजुरबाजुर नरहेको भन्न लगाएका थिए । –कान्तिपुर दैनिक
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो