
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
गण्डकी, २० मङ्सिर । स्थानीय तहअन्तर्गत रहेको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ । दुवै अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्न लागिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अस्पतालको नाम संशोधन गरेको मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपिपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो ।
त्यस्तै कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गर्न लागिएको मन्त्रालय सचिव डा शर्माले जानकारी दिनुभयो । “चारवटै अस्पतालका कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम)को काम यसै साताभित्र टुङ्गिन्छ”, उहाँले भन्नुभयो, “गुणस्तरीय व्यवस्थापन र स्तरीय सेवासहित यी अस्पताल सञ्चालन हुनेछन्, आगामी पुसभित्र उद्घाटनको तयारी भइरहेको छ ।”
स्थानीय तहले बुर्तिबाङ र आँपपिपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिइदिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत सञ्चालनको प्रक्रिया सुरु गरेको हो । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई सङ्घीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् ।
प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गत कात्तिक १२ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आव भित्र गण्डकी र धवलागिरि आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
“रु एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ”, उहाँले भन्नुभयो, “आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्छौँ ।” मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशभित्र रहेका आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरङ्ग सेवा सुरु गर्न लागिएको हो ।
प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । कास्की र बागलुङको आयुर्वेद अस्पतालमा भवनलगायत भौतिक पूर्वाधार थप गर्न स्रोत व्यवस्थापनको काम भइरहेको उहाँले उललेख गर्नुभयो ।
“आयुर्वेद अस्पताल स्रोतसाधनको अभावमा गुज्रिरहेका थिए, सरोकार भएका निकायको पनि यसअघि खासै ध्यान पुग्न सकिरहेको थिएन”, मन्त्री पाठकले भन्नुभयो, “व्यवस्थित पूर्वाधार, स्रोतसाधनको प्रबन्ध गर्दै गुणस्तीय स्वास्थ्य सेवा दिने थलोका रूपमा आयुर्वेद अस्पताललाई विकास गर्दै लैजाने योजनामा मन्त्रालय छ ।”
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण