
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पर्वत, ७ मङ्सिर । यतिबेला जिल्लाका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन् । जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।
जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र प्रयोगविहीन बन्दा सुन्तला, किबी, आलुजस्ता कृषिउपज सिजनमै सस्तोमा बिक्री गर्नुपरेको हो । प्रयोग भएका गृह पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सीधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठवटा चिस्यानगृह रहेका छन् ।
जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलव ५ मेट्रिक टन रहेको छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौंमा रहेका तीनवटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा २ दशमलव ५ मेट्रिक टन क्षमता रहेका दुर्ईवटा कोल्डस्टोर सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ ।
“हामी जसरी ‘कोल्ड रुम’ बनाउन बजेटको लागि खट्छौँ, भनसुन गर्छौं, सोहीअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन् ।” कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख परशुराम अधिकारीले भन्नुभयो,– “राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलियत विद्युत्लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ ।”
अधिकारीले चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएकोे र कृषिउपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरुमा नदेखिएको हँुदा फसल लामो समयको लागि स्टोर गर्न समस्या देखिएको बताउनुभयो । उहाँले राज्यस्तरबाटै निर्माणसँगै स–साना प्राविधिक ज्ञानका पक्षलाई पनि माथि उठाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी पाँच वर्ष अघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबिसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण सफल रुपमा हुँदै आएको छ । कटुवाचौपारीको कोल्डरुममा विगत पाँच वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु र सुन्तला भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिनुभयो ।
त्यसैगरी पैयुँ गाउँपालिका–४ हातेमालोचोकमा चिस्यानगृह निर्माण सम्पन्न भइसकेर पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । पैंयुँको चिस्यानगृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैयुँ गाउँपालिकाको रु ११ लाख लगानी रहेको छ । दक्ष प्राविधिकको अभावमा चिस्यानगृह सञ्चालनमा ल्याउन समस्या परेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताउनुभयो । उहाँका अनुसार आगामी सिजनमा आलु भण्डारण गर्ने तयारी गरिएको छ ।
त्यस्तै गरी जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा निर्माणाधीन रहेको ‘कोल्डरुम’ भने भौतिक संरचना निर्माणमा भएको ढिलाइका कारण हालसम्म पनि अलपत्र अवस्थामा रहेको छ । चिस्यान केन्द्र नहुँदा बोटबाटै काँचै सस्तो मूल्यमा सुन्तला बिक्री गर्नुपरेको मोदीका अगुवा कृषक दाताराम चापागाईले बताउनुभयो ।
“राज्य तथा व्यक्तिहरु भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माणपश्चात्को व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यानगृह अपेक्षाअनुसार सफल हुन नसकेका हुन् ।” स्थानीय कृषक शिव अधिकारीले भन्नुभयो,– “सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम सञ्चालनमा नीति नै बनाएर कृषक सँगसँगै हातेमालो गर्नुपर्छ । तब मात्र कृषकका लागि ल्याएका सुविधा सार्थक र कृषक केन्द्रित हुनेछन् ।”
कृषिउपज टिप्ने, अल्पकालीन भण्डारण गर्ने तथा ढुवानी गर्नेलगायतका विषयमा यथेष्ट ज्ञान, कोल्डरुमसम्बन्धी प्राविधिक ज्ञान र सहुलियत विद्युत् उपलब्ध गराउने राज्यतहको नीति बेलैमा नआउने हो भने हाम्रा सबै लगानी परिणाममुखी नहुने सरोकारवालाको भनाइ छ ।
‘कोल्डरुम’ अपेक्षा गरेअनुसार कृषकका लागि उपयोगी हुन सकिरहेका छैनन् । निर्माणका क्रममा चुस्त देखिएका स्टोर अनेकन समस्या झेलेर सञ्चालनका क्रममा समस्या ग्रस्तरुपमा चलिरहेका देखिन्छन् । दक्ष प्राविधिक तथा ज्ञानको अभाव, विद्युतीकरणको अभाव, सहुलियत विद्युत् उपलब्ध गराउने नीतिको अभावलगायत पक्षमा राज्यबाट यथोचित व्यवस्थापन हुन नसक्दा समस्या रहेको सुन्तला कृषक उमाकान्त शर्माले बताउनुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई