
१झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
२मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
३अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
४सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
६पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
७पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
८मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
९पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
१०फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
११शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
१२नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
काठमाडौँ, २१ चैत । राजनीतिक संरक्षणको बलियो छत्रछाया ओढेर वर्षौंसम्म जोगिँदै आएका ठूला व्यापारिक घरानाका ठगहरू अब कानुनको फन्दामा परिरहेका छन् । व्यापारिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा शुक्रबार पक्राउ परेका छन् ।
इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई बिहीबार पक्राउ गरेको भोलिपल्ट नै अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । विभाग र प्रहरी दुवैले पक्राउबारे औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । ‘अनुसन्धान भइरहेको विषय हो, धेरै बोल्न मिल्दैन,’ सम्बद्ध अधिकारीहरूले भने ।
यो पक्राउ नेपाल राष्ट्र बैंकले साढे दुई वर्षअघि नै औँल्याएको शंकास्पद कारोबारसँग जोडिएको छ । राष्ट्र बैंकले इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको करोडौंको आर्थिक लेनदेनबारे अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो । विभागले २०७९ पुसमा दीपक भट्टसँग प्रारम्भिक बयान लिए पनि सामान्य छानबिनमै सीमित रही मुद्दा नचलाउने निर्णय गर्दै उजुरी फिर्ता गरेको थियो । तर रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि पुरानो फाइल ब्युँताएर अनुसन्धान तीव्र पारिएको छ ।
अनुसन्धानका क्रममा २०७७ देखि २०७९/८० को बीचमा दुवै पक्षबीच भएको विभिन्न शंकास्पद कारोबार बाहिरिएको छ । जलविद्युत्, बिमा, लघुवित्त, ट्राभल, शैक्षिक संस्था, सार्वजनिक ठेक्का, हातहतियार उत्पादन र रियल इस्टेट क्षेत्रमा लगानी गरेका भट्ट र शंकर ग्रुपबीच ठूलो रकमको अनियमित लेनदेन देखिएको छ ।
विशेष गरी २०७९/८० को बजेट निर्माणमा भट्टको सक्रियतामा शंकर ग्रुपलाई फाइदा पुग्ने गरी कर दर हेरफेर गराएको र २०७८/७९ को पूरक बजेटमा पनि शंकर ग्रुपलाई कर छुट दिलाउन भूमिका खेलेको आरोप लागेको छ । त्यतिबेला तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको भूमिका पनि शंकाको घेरामा परेको थियो ।
बैंकिङ कारोबारमा पनि गम्भीर अनियमितता देखिएको छ । सिद्धार्थ बैंकमा भट्टको खातामा जगदम्बा स्टिल (शंकर ग्रुपको कम्पनी) बाट ४५ करोड रुपैयाँ ट्रान्सफर भएको, ओभरड्राफ्ट खाताबाट ५० लाख सीमाभन्दा बढी रकम निकालिएको र सीमा बढाएर ठूलो कारोबार गरिएको तथ्य फेला परेको छ । यी कारोबारको वैध स्रोत पुष्टि नभएपछि नै अनुसन्धान अघि बढाइएको हो ।
विगतमा सत्ता–शक्तिको आड लिएर अनुसन्धान रोक्न सफल भएको आरोप लागेका यी दुवै पक्षमाथि अब कडा छानबिन भइरहेको छ । शंकर ग्रुप र भट्ट मात्र होइनन्, उनीहरूलाई राजनीतिक संरक्षण दिएको आरोप लागेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालसमेत सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका छन् । यसै प्रकरणमा पूर्वमन्त्री दीपक खड्कालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको छ । शंकर ग्रुपका अन्य सञ्चालक पनि अनुसन्धानको दायरामा छन् ।

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्ट ।
यी दुवै समूहले बिमा प्राधिकरण, धितोपत्र बोर्डमा आफ्ना मान्छे घुसाउने, कानुन आफ्नो अनुकूल बनाउने र स्वार्थ बाझिने नीतिगत हस्तक्षेप गर्ने गरेको आरोप पनि छ । भट्ट र अग्रवाल दुवैको हिमालय रि–इन्स्योरेन्समा साझेदारी रहेको छ । शंकर ग्रुप जगदम्बा स्टिल, जगदम्बा मोटर्स, रिद्धिसिद्धि सिमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, विभिन्न जलविद्युत् आयोजना र रियल इस्टेटमा सक्रिय छ ।
पछिल्लो समय राजनीतिक संरक्षण कमजोर हुँदै गएपछि ठूला ठगहरू कानुनको दायरामा आउन थालेका छन् । शंकर अग्रवालको पक्राउ यसैको पछिल्लो कडी हो । अनुसन्धानले कति टाढासम्म पुग्छ र क–कसलाई छुन्छ, अब त्यो हेर्न बाँकी छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने