
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा पाँचजनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय २३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणका कारण स्याङ्जा वालिङ नगरपालिका वडा नं. १४ का २४ वर्षीय पुरुषको कार्तिक २७ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषलाई डाईवेटिज मलाईटसको समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
त्यसैगरी पोखरा–१४ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान १ः५५ गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषलाई डाईवेटिज मलाईटस र हाईपरटेन्सन लगायतका समस्या रहेको अस्पतालको प्रतिवेदनमा उल्लेख छ ।
पोखरा–१५ कि ५० वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण कार्तिक २८ गते बेलुका ६ः३० बजे चरक अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलालाई कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा डाईवेटिज मलाईटस, हाईपरटेन्सन र हाईपरथाईरोडिजम लगायतको समस्या रहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी, पोखरा वडा नं. २६ का ७२ वर्षीय कोरोना संक्रमित महिलाको आज विहान ७ः४५ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा निधन भएको छ । उनलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा वाईल्याट्रल निमोनिया तथा रेस्पिरेटरी फेलिएरको समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमण कैं कारण पोखरा–१८ का ४८ वर्षीय पुरुषको आज विहान ९ः३० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा निधन भएको छ । ती पुरुषलाई कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा वाईल्याट्रल निमोनिया तथा रेस्पिरेटरी फेलिएर को समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप नयाँ दुईसय १० जनामा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढि कोरोना संक्रमित कास्की जिल्लामा एकसय ४८ जनामा देखिएको छ । त्यसैगरी पर्वतमा १८ जना, तनहुँमा १४ जना, म्याग्दीमा १० जना, गोरखामा ६ जना, स्याङ्जामा ५ जना, लमजुङमा ५ जना र बागलुङमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज नवलपरासी, मनाङ र मुस्ताङमा शुन्य कोरोना संक्रमित रहेका छन् ।
आज १२ सय ७९ जनाको पिसिआर परीक्षण गरिएकोमा दुईसय १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो भने एकहजार ६९ जना नेगेटिभ रिपोर्ट आएको थियो । आजमात्र ६१ ज्ना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी यस प्रदेशमा एकहजार आठसय ९५ जना होम आईसोलेसनमा रहेका छन् । यस प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या पाँचहजार एकसय दुई रहेको छ ।
मुलुकभर एकहजार ९४६ सङ्क्रमित थपिए, दुईहजार ५०३ निको भए :
मुलुकभर कोरोना भाइरस एक हजार ९४६ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ जारी बुलेटिन अनुसार आठ हजार ७५३ जनाको पिसिआर परीक्षण गर्दा ८१६ महिला र एक हजार १३० जना पुरुषमा कोरोना पुष्टि भएको हो । ती सङ्क्रमित मध्ये प्रदेश १ का २२७, प्रदेश २ का ३८, वाग्मती प्रदेशका ९७८, गण्डकी प्रदेशका ३९९, लुम्बिनी प्रदेशका २०९ , कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका ९३ जना रहेका छन । ती सङ्क्रमितसँगै नेपालमा अहिलेसम्म दुई लाख ८ हजार २९९ जनामा कोरोना पुष्टि भएकोे छ ।
यस्तै विगत २४ घण्टामा दुई हजार ५०३ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म एक लाख ७० हजार ६३२ जना निको भइ घर फर्किसकेका छन । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार ३६ हजार ४५२ जना सक्रिय सङ्क्रमित रहेका छन । मन्त्रालयका अनुसार आज १३ जनाको कोरोनाबाट निधन भएका छ । अहिलेसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार २१५ पुगेको छ । उपत्यकामा ८३५ सङ्क्रमण देखिएको छ । ती मध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका छन् । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा रहेका छन् ।
ती मध्ये आइसियुमा प्रदेश १ का ५३, प्रदेश २ का १३, वाग्मती प्रदेशका १३६ , गण्डकी प्रदेशका ९४, लुम्बिनी प्रदेशका ६५, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन । भेन्टिलेटरमा प्रदेश १ का १२ , प्रदेश २ का एक, वाग्मती प्रदेशमा ४४, गण्डकी प्रदेशका १३ र लुम्बिनी प्रदेशका चार जना रहेका छन । पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन । शुन्य सङ्क्रमित रहेको जिल्ला एकमात्र मनाङ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा एक हजार ५७ जना र होम आइसोलेसनमा सात हजार ७२० जना रहेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन