
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
गलकोट (बागलुङ), २८ कात्तिक । धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ । जटिल प्रकारका रोगको समयमै अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा पछिल्लो समय जटिल प्रकारका शल्यक्रियासमेत भइरहेका छन् । उपचार र परीक्षणमा समेत नयाँ आधुनिक उपकरण भित्रिँदा बिरामीलाई सहज भएको छ । अस्पतालमा सेतो रगतको आवश्यक पर्ने बिरामीलाई भने उपचारमा समस्या भएको छ ।
रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स) नपाइँदा अस्पतालले जटिल प्रकारको समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङ स्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आउन सकेको छैन ।
थप उपकरण र प्राविधिक जनशक्ति अभावमा उक्त उपकरण एक वर्षदेखि थन्किएको हो । विशेषगरी पछिल्लो समय डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका बिरामीलाई सेतो रगत आवश्यक पर्दछ । यसो त डेङ्गीमा मात्र होइन, सर्पले टोक्दा, शल्यक्रिया गर्दा, अत्यधिक रक्तस्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्दछ । रक्त सञ्चार केन्द्र बागलुङमा सेतो रगत निर्माण गर्ने उपकरण अभावले समस्या छ ।
अस्पतालले डेङ्गी, कोभिड, क्यान्सर र सर्पले टोकेका, सेतो रगत कम उत्पादन हुने बिरामी, शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राव भएका बिरामीलाई सेवा दिनका लागि सेतो रगत नभएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले बताउनुभयो । उहाँले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको बताउँदै रक्त सञ्चार र धौलागिरि अस्पतालले सेतो रगत उत्पादन गर्ने व्यवस्थाका लागि प्रक्रिया थालेको जानकारी दिनुभयो ।
सेतो रगतको अभाव हुँदा समस्या भएपछि अस्पतालले र रेडक्रसको रक्त सञ्चार केन्द्रको समन्वयमा समस्याको समाधानका लागि मिलेर काम गरिरहेको तिवारीको भनाइ छ । “डेङ्गीका बिरामीमा सेतो रगतको अभाव देखिन्छ, बिरामीको अवस्था हेरेर र ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुन्छ, डेङ्गी लागेका सबै बिरामीलाई रगतै आवश्यकता पर्छ भन्ने छैन, जटिल अवस्थाका बिरामीलाई रगत आवश्यकता भएमा हामीले पोखरा पठाउँछौँ”, तिवारीले भन्नुभयो ।
यसरी बिरामीहरु जिल्लाबाहिर उपचार गर्न जानुपर्दा अनावश्यक खर्चसमेत हुने गरेको छ । स्वास्थ्य उपचारमा अत्यावश्यक रहेको सेतो रगत निर्माण गर्ने रु २२ लाखको उपकरण तीन वर्षदेखि रेडक्रसको रक्त सञ्चार केन्द्रमा थन्किएको छ । रक्त सञ्चार केन्द्रमा उपकरण थप, पूर्वाधार निर्माण गरी सेतो रगतको व्यवस्था मिलाउन पहल भइरहेको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।
उहाँले सेतो रगतका लागि अहिलेको २२ लाखको उपकरणमा थप उपकरण ल्याउन ७२ लाख आवश्यक पर्ने बताउनुभयो । तत्कालै सेवा सञ्चालनका लागि रु ३२ लाख रकम चाहिने बताउँदै स्थानीय पालिकाले सहयोग गर्ने आश्वासन दिएको अचार्यको भनाइ छ ।
गण्डकी प्रदेश सरकारले सेतो रगत निर्माणका लागि रु १५ लाख, जैमिनी नगरपालिकाले रु तीन लाख र गलकोट नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
“रु २२ लाखको उपकरण भित्रिएको तीन वर्ष भयो, अन्य सहायक उपकरण र पूर्वाधार नभइ सेतो रगत निर्माण गर्न सकिएको छैन, यो वर्ष अन्य पालिकाले समेत रकम दिएमा सेतो रगत उत्पादन थाल्छौँ”, आचार्यले भन्नुभयो, “शल्यक्रिया गर्दा, सर्पले टोक्दा, कोभिड र डेङ्गीजस्ता रोगमा सेतो रगत अत्यावश्यक रहेछ, सेतो रगत बनाउन थालेपछि धौलागिरि अस्पतालमै जटिल प्रकारका बिरामीको उपचार हुने र बिरामीको आर्थिक भार कम हुन्छ ।” दान गरेको रगतबाटै सेतो रगत बनाउन सकिने रातो रगत, प्लेटलेट्स र प्लाज्मा छुट्याउनलाई कम्पोटेन्ट मेसिन आवश्यकता पर्दछ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर