
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, २२ कात्तिक । तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियेगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा यही कात्तिक २४ गते प्रतियोगिता आयोजना हुनेभएको हो ।
आज बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा हिमालयन टुरिजम फोरम, पोखराका अध्यक्ष विश्वशङ्कर पालिखेले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुुभयो । खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियागितामा सहभागिताका लागि चीनको कुनमिङबाट एक सय ३४ जना सहभागी र समर्थक चार्टर्ड उडानमार्फत आज पोखरा विमानस्थलमा अवतरण भएका छन् । प्रतियोगितामा चार वटा विधाका दौडमा एक हजार दुई सय जना खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई प्रतीकराज पहारीले जानकारी दिनुभयो ।
उहाँका अनुुसार प्रतियोगिताको टिम समूहमा ५० किमी, च्यालेञ्ज व्यक्तिगत समूहमा ५० किमी, विद्यार्थी दौडमा पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने भएको छ । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार तथा तेस्रो हुनेले दुुई लाख २९ हजार दुई सय पुरस्कार पाउनेछन् । त्यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः एक लाख ५२ हजार आठ सय र रु ९५ हजार पाँच सय पुरस्कार प्राप्त गर्ने गरिने पहारीले जानकारी दिनुभयो ।
च्यालेन्ज व्यक्तिगततर्फ विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार आठ सय पाउनेछन् भने उपविजेताले रु एक लाख १४ हजार पाउने छन् । त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले रु ७६ हजार चार सय पाउनेछन् । प्रतियोगितामा चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई रु ३८ हजार दुई सय प्रदान गरिनेछ भने आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई रु १९ हजार एक सय नगद प्रदान गरिनेछ ।
विद्यार्थीतर्फको प्रतिस्पर्धामा विजेताले ३० हजार जित्ने छन् भने उपविजेताले रु २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले रु २० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा चौथोदेखि छैठौँ स्थान प्राप्त गर्नेका लागि रु १०/१० हजार प्रदान गरिनेछ ।
ह्याप्पी रन समूहमा दौड पूरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने छ । यी सबै विधाका प्रतियागिताको पुरस्कारका लागि रु १९ लाख ३८ हजार एक सय पुरस्कार रहेको पहारीले जानकारी दिनुभयो ।
कूल ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनःबाराहीघाट आएर पूरा हुनेछ । टिम समूह दौडका लागि १७ वटा नेपाली र चार वटा चिनियाँ समूह गरी २१ वटा समूह दर्ता भएको र यसमा ६३ जना खेलाडी दर्ता भएको पहारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले पोखरासहित नेपाललाई पर्यटकीय रुपमा चिनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन यो कार्यक्रमले थप योगदान गर्ने बताउनुभयो । दुई देशका नागरिकबीचको सम्बन्धलाई यसले सुमधुर बनाउने उहाँको भनाइ छ ।
पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिमल्सिनाले पोखरासहित समग्र राष्ट्रको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने बताउँदै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउने धारणा राख्नुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन