
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा, १५ कार्तिक । नेकपा एमालेका नेताहरु मिलेर म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ नगद हिनामिना गर्दा समेत कारवाही हुन सकेको छैन । एमाले नेतृत्वको सरकार भएका कारण सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले समेत ठगीमा संलग्न एमाले नेतामाथि कारवाही गर्न डराएको छ ।
म्याग्दी जिल्ला समन्वय समिति प्रमुख समेत रहेका एमाले नेता राजकुमार थापाको नेतृत्वमा सर्वसाधारणको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरिएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । वित्तीय छानबिन प्रतिवेदन आएको महिनौं हुँदा पनि एमाले नेताहरुको दवाव र धम्कीका कारण सहकारी रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेश कार्यालय पोखराले कारवाही गर्ने हिम्मतसम्म गर्न सकेको छैन ।
सहकारीका हालका अध्यक्ष यमबहादुर रोकाले ०८१ जेठ २५ मा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर संस्थाको आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गरेका थिए । त्यसपछि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्ने अधिकारी तोकेको थियो । ‘सहकारीको समग्र वित्तीय विश्लेषण गर्दा राजकुमार थापाको नेतृत्वमा रहेको समितिकै पदाधिकारीको मिलेमतोमा १ अर्ब ४९ करोड नगद हिनामिना गरेको देखिन्छ,’ गौतमले भने, ‘सहकारीमा चरम वित्तीय अराजकता पाइएको छ ।’
०६५ सालमा खुलेको सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए । १ सय १९ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सर्वसाधारणको रकम हिनामिनामा मुख्य दोषी थापालाई नै किटान गरिएको छ ।
प्रतिवेदनअनुसार थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडेमीमा सहकारीबाट १६ करोड रुपैयाँ लगिएको छ । सहकारीको रकम लैजाँदा थापाले कुनै धितो राखेका छैनन् । थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् । यस्तै सहकारीबाट १० करोड निकालेर राजकुमार थापा, लोकबहादुर पुन, गेमबहादुर घर्ती र मनप्रसाद छजालीका नाममा जग्गा खरिद गरिएको छ । सहकारीको रकमबाट जग्गा खरिद गरेर प्लटिङ गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनीहरूले रकम निकाल्दा कुनै धितो राखिएको छैन । बिनाधितो नगद झिक्ने बेला थापाले सहकारीका कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डसमेत समितिले छानबिन गरेको थियो ।

सहकारी ठगीमा संलग्न एमाले नेता राजकुमार थापा आफ्ना पार्टीका नेताहरुसँग ।
थापाकी श्रीमती र सहकारीका सञ्चालक समितिका पदाधिकारीका नाममा १५ करोड रकम निकासा भएको छ । सहकारीकै पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङले ५ करोड, लेखासमितिका पदाधिकारी लोकबहादुर पुनले ३० लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीको बचत हिनामिनामा संलग्न सबैजसो पदाधिकारीएमाले निकट छन् । उनीहरूले सबैजसो कर्जा शून्य प्रतिशत ब्याजदरमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले गरेको आम्दानी नदेखाएरसमेत रकम हिनामिना गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिमा रहेकाहरूले परिवारका सदस्यका नाममा सहकारीको अधिकांश सेयर राखेका छन् । सहकारीमा देशमै सबैभन्दा बढी ब्याजदर पाइने हल्ला चलाएर एक जनाकै ५० लाखभन्दा बढी निक्षेप राखेर हिनामिना गरिएको प्रतिवेदनमा उल्लेख छ । सहकारीको कार्यक्षेत्र म्याग्दी जिल्ला हो । ४३ सय ८६ बचतकर्ता रहेको कुमारी सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य छन् । सेयर सदस्यहरू रकम हिनामिनामा संलग्नहरूकै पारिवारिक व्यक्ति मात्र रहेका छन् ।
वित्तीय विश्लेषक गौतमले गत असार पहिलो साता छानबिन प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि अनुसन्धान अघि नबढाइएको बचतकर्ताको गुनासो छ । सहकारीबाट बिनाधितो रकम झिकेर खरिद गरिएका जग्गा रोक्का गरेर अदालतमा मुद्दा चलाउनुपर्ने उनीहरूको माग छ । सहकारी रजिस्ट्रार भेषराज रिजालले हिनामिनामा संलग्न देखिएकाहरूले ३ महिनाभित्र हिसाब मिलाउने भनेका कारण मुद्दा अघि नबढाइएको तर्क गरे । ‘तीन महिना बितिसकेकाले अब कारबाही अघि बढाउँछौं,’ उनले भने ।
सहकारीको रकम हिनामिनाका मुख्य आरोपित थापाले सञ्चारमाध्यमसँग कुरा गर्दै रकम फिर्ताको काम भइरहेको बताएका छन् । ‘अब बचतकर्ताको ६५ करोड जति फिर्ता गर्नुपर्ने छ, ८–१० महिनाभित्र सबै रकम फिर्ता गर्छु,’ उनले कान्तिपुरकर्मीसँग टेलिफोनमा भने, ‘मेरै ससुरालीको त्यहाँ २ करोड जति बचत छ । मेरै श्रीमती लीला थापाका नाममा समेत ६० लाख बचत त्यहीं छ । अरूको रकम बुझाएर मात्र हाम्रो बचत लिने सोचाइमा छौं । फिर्तै गर्न नसकिने अवस्था छैन ।’ म्याग्दीका जिल्ला प्रहरी प्रमुख भरत श्रेष्ठले कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा रकम हिनामिना भएको जानकारी कहींकतैबाट नआएको बताए । ‘रकम हिनामिनाको कुनै उजुरी आएको छैन । कसरी कारबाही अगाडि बढाउने ?’ उनले भने ।
गण्डकी प्रदेशमा यसअघि पोखराको प्राइम सहकारीमा १ अर्ब ५९ करोड हिनामिनाको प्रतिवेदन सार्वजनिक भएको थियो । पोखराकै सूर्यदर्शन सहकारीमा करिब १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । बागलुङको इमेज बचत तथा ऋण सहकारीमा करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको सार्वजनिक भइसकेको छ । झन्डै डेढ वर्ष फरार रहेका इमेजका अध्यक्ष देवकुमार नेपाली पक्राउ परेर प्रहरी अनुसन्धानमा छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका प्रमुख हुन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने