
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १५ कार्तिक । नेकपा एमालेका नेताहरु मिलेर म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ नगद हिनामिना गर्दा समेत कारवाही हुन सकेको छैन । एमाले नेतृत्वको सरकार भएका कारण सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले समेत ठगीमा संलग्न एमाले नेतामाथि कारवाही गर्न डराएको छ ।
म्याग्दी जिल्ला समन्वय समिति प्रमुख समेत रहेका एमाले नेता राजकुमार थापाको नेतृत्वमा सर्वसाधारणको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरिएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । वित्तीय छानबिन प्रतिवेदन आएको महिनौं हुँदा पनि एमाले नेताहरुको दवाव र धम्कीका कारण सहकारी रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेश कार्यालय पोखराले कारवाही गर्ने हिम्मतसम्म गर्न सकेको छैन ।
सहकारीका हालका अध्यक्ष यमबहादुर रोकाले ०८१ जेठ २५ मा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर संस्थाको आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गरेका थिए । त्यसपछि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्ने अधिकारी तोकेको थियो । ‘सहकारीको समग्र वित्तीय विश्लेषण गर्दा राजकुमार थापाको नेतृत्वमा रहेको समितिकै पदाधिकारीको मिलेमतोमा १ अर्ब ४९ करोड नगद हिनामिना गरेको देखिन्छ,’ गौतमले भने, ‘सहकारीमा चरम वित्तीय अराजकता पाइएको छ ।’
०६५ सालमा खुलेको सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए । १ सय १९ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सर्वसाधारणको रकम हिनामिनामा मुख्य दोषी थापालाई नै किटान गरिएको छ ।
प्रतिवेदनअनुसार थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडेमीमा सहकारीबाट १६ करोड रुपैयाँ लगिएको छ । सहकारीको रकम लैजाँदा थापाले कुनै धितो राखेका छैनन् । थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् । यस्तै सहकारीबाट १० करोड निकालेर राजकुमार थापा, लोकबहादुर पुन, गेमबहादुर घर्ती र मनप्रसाद छजालीका नाममा जग्गा खरिद गरिएको छ । सहकारीको रकमबाट जग्गा खरिद गरेर प्लटिङ गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनीहरूले रकम निकाल्दा कुनै धितो राखिएको छैन । बिनाधितो नगद झिक्ने बेला थापाले सहकारीका कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डसमेत समितिले छानबिन गरेको थियो ।

सहकारी ठगीमा संलग्न एमाले नेता राजकुमार थापा आफ्ना पार्टीका नेताहरुसँग ।
थापाकी श्रीमती र सहकारीका सञ्चालक समितिका पदाधिकारीका नाममा १५ करोड रकम निकासा भएको छ । सहकारीकै पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङले ५ करोड, लेखासमितिका पदाधिकारी लोकबहादुर पुनले ३० लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीको बचत हिनामिनामा संलग्न सबैजसो पदाधिकारीएमाले निकट छन् । उनीहरूले सबैजसो कर्जा शून्य प्रतिशत ब्याजदरमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले गरेको आम्दानी नदेखाएरसमेत रकम हिनामिना गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिमा रहेकाहरूले परिवारका सदस्यका नाममा सहकारीको अधिकांश सेयर राखेका छन् । सहकारीमा देशमै सबैभन्दा बढी ब्याजदर पाइने हल्ला चलाएर एक जनाकै ५० लाखभन्दा बढी निक्षेप राखेर हिनामिना गरिएको प्रतिवेदनमा उल्लेख छ । सहकारीको कार्यक्षेत्र म्याग्दी जिल्ला हो । ४३ सय ८६ बचतकर्ता रहेको कुमारी सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य छन् । सेयर सदस्यहरू रकम हिनामिनामा संलग्नहरूकै पारिवारिक व्यक्ति मात्र रहेका छन् ।
वित्तीय विश्लेषक गौतमले गत असार पहिलो साता छानबिन प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि अनुसन्धान अघि नबढाइएको बचतकर्ताको गुनासो छ । सहकारीबाट बिनाधितो रकम झिकेर खरिद गरिएका जग्गा रोक्का गरेर अदालतमा मुद्दा चलाउनुपर्ने उनीहरूको माग छ । सहकारी रजिस्ट्रार भेषराज रिजालले हिनामिनामा संलग्न देखिएकाहरूले ३ महिनाभित्र हिसाब मिलाउने भनेका कारण मुद्दा अघि नबढाइएको तर्क गरे । ‘तीन महिना बितिसकेकाले अब कारबाही अघि बढाउँछौं,’ उनले भने ।
सहकारीको रकम हिनामिनाका मुख्य आरोपित थापाले सञ्चारमाध्यमसँग कुरा गर्दै रकम फिर्ताको काम भइरहेको बताएका छन् । ‘अब बचतकर्ताको ६५ करोड जति फिर्ता गर्नुपर्ने छ, ८–१० महिनाभित्र सबै रकम फिर्ता गर्छु,’ उनले कान्तिपुरकर्मीसँग टेलिफोनमा भने, ‘मेरै ससुरालीको त्यहाँ २ करोड जति बचत छ । मेरै श्रीमती लीला थापाका नाममा समेत ६० लाख बचत त्यहीं छ । अरूको रकम बुझाएर मात्र हाम्रो बचत लिने सोचाइमा छौं । फिर्तै गर्न नसकिने अवस्था छैन ।’ म्याग्दीका जिल्ला प्रहरी प्रमुख भरत श्रेष्ठले कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा रकम हिनामिना भएको जानकारी कहींकतैबाट नआएको बताए । ‘रकम हिनामिनाको कुनै उजुरी आएको छैन । कसरी कारबाही अगाडि बढाउने ?’ उनले भने ।
गण्डकी प्रदेशमा यसअघि पोखराको प्राइम सहकारीमा १ अर्ब ५९ करोड हिनामिनाको प्रतिवेदन सार्वजनिक भएको थियो । पोखराकै सूर्यदर्शन सहकारीमा करिब १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । बागलुङको इमेज बचत तथा ऋण सहकारीमा करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको सार्वजनिक भइसकेको छ । झन्डै डेढ वर्ष फरार रहेका इमेजका अध्यक्ष देवकुमार नेपाली पक्राउ परेर प्रहरी अनुसन्धानमा छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका प्रमुख हुन् ।