
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
पोखरा, ९ कार्तिक । संगठित रुपमा सहकारीको करोडौं रकम ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, नेकपा एमाले निकटको राष्ट्रिय युवा संघका उपमहासचिव महेन्द्र भोटे भनेर चिनिने शिवबहादुर गुरुङ लगायत १२ जना विरुद्ध रुपन्देही प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी उजुरीका आधारमा १२ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले बिहीबार अनुमति दिएको हो । त्यसैगरी १२ जना मध्ये रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
सुप्रिम सहकारीबाट आचार्य, अधिकारी र नोबडी प्रोडक्सन कम्पनीका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ रकम गएको देखिएको छ । नोबडी प्रोडक्सन अधिकारीका नाममा स्थापना गरिएको भए पनि त्यसमा हर्ताकर्ता आचार्य नै थिए । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धानका क्रममा पनि कास्की प्रहरीले काठमाडौं पुगेर गत भदौ ८ मा आचार्यसँग बयान लिएको थियो ।
पक्राउ पुर्जी जारी भएका अन्यमा दीपक लामा, अनन्तबाबु राई, नरेश जीसी, शिवबहादुर गुरुङ, श्रीबल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन र विज्ञान राई रहेका छन् । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशी पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी अनुसन्धानका लागि यसअघि नै पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन् । सहकारीको रकम गोर्खा मिडियामा सारेर अपचलन गरेको आरोप उनीहरूमाथि छ ।
सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराईले इलाका प्रहरी कार्यालय बुटवलमा गत असोज ५ मा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको थियो । प्रहरीको त्यही मागका आधारमा न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले संगठित रूपमा सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि १२ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।
‘सुप्रिम सहकारीको बचत रकम गोर्खा मिडियासमेतका कम्पनीहरूमा जम्मा भएको देखिएको र जाहेरी दरखास्त तथा पत्रमा उल्लेख भएका कम्पनीहरूमा सेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र बैंकिङ कारोबारमा हस्ताक्षरकर्ता भएको मिसिल संलग्न कागजातबाट देखिएका आधारमा’ उनीहरूमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न अनुमति दिइएको अदालतले जनाएको छ ।
‘सुप्रिम सहकारीबाट अपचलन भएर गोर्खा मिडियामा गएको रकम ठगी र संगठित अपराधमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न अब प्रहरीलाई बाटो खुलेको छ,’ जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले भने ।
गत शुक्रबार पक्राउ परेका लामिछाने र गत असोज ६ मा समातिएका जोशीमाथि अनुसन्धान गर्न प्रहरीले पछिल्लो पटक बिहीबार कास्की जिल्ला अदालतबाट थप ७ दिनको म्याद लिएको छ । जोशीलाई यसअघि रूपन्देही ल्याएर प्रहरीले १३ घण्टा बयान लिएको थियो । बयानपछि उनलाई पोखरा नै फर्काइएको थियो । लामिछानेलाई पनि बुटवल ल्याउने तयारी प्रहरी र सरकारी वकिलको कार्यालयले गरिरहेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार लामिछाने र जोशीविरुद्ध कास्की र रूपन्देहीबाट अनुसन्धान भए पनि छुट्टाछुट्टै रूपमा मुद्दा चल्नेछ । ती अधिकृतले भने, ‘जति जिल्लामा जाहेरी दर्ता हुन्छ, त्यहीँको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, स्थानअनुसार व्यक्ति र प्रमाण फरक–फरक हुन सक्ने भएकाले गाभिने भन्ने हुँदैन ।’ संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले ६० दिनसम्म म्याद पाउँछ ।
सुप्रिम सहकारीबाट जोशीका नामबाट २ करोड ५० लाख र लामिछाने/रोशनी गुरुङ (कर्मचारी) का नामबाट २ करोड रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको छ । गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, सुप्रिम सहकारीका सदस्य भूपेन्द्रबाबु राईसहितका नाममा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ सुप्रिमबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा गएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘जीबी राई, रम्तेल, लामिछाने र जोशी गोर्खा मिडियामा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमका हकमा जिम्मेवार रहने हुँदा प्रचलित कानुनबमोजिम कारबाही गर्न’ समितिले सिफारिस गरेको थियो । रम्तेल यसअघि नै पक्राउ परेर पुर्पक्षका लागि कास्की कारागारमा छन् ।
बिहीबार पक्राउ पुर्जी जारी गरिएका दीपक लामा जीबी राई नेतृत्वको नेचर नेस्ट प्रालिका सेयर सदस्य एवं सञ्चालक हुन् । उनका नाममा सुप्रिमबाट २० लाख प्रवाह भएको अनुसन्धानमा देखिएको छ । लामाका नाममा ऋण खाता खडा गरी ‘जीबी ग्रुप अफ कम्पनिज’ मा सुप्रिमको बुटवल कार्यालयबाट १ करोड ७५ लाख र भैरहवा शाखाबाट २५ लाख लगिएको थियो ।
जीबी ग्रुप अफ कम्पनिजका सेयर सदस्य एवं सञ्चालक विशाल तामाङका नाममा ऋणबापत २५ लाख र पेस्की भनेर ९९ लाख गएको छ । तामाङको ग्रेजी स्पोन रेस्टुरेन्टमा पनि सहकारीबाट १५ लाख प्रवाह भएको छ ।
नरेश जीसीका नाममा सुप्रिममा बिनाकागजात १२ वटा ऋण खाता खोलेर १६ पटकसम्म ऋण प्रवाह गरेको पाइएको छ । जीसीले सुप्रिमबाट बिनाकागजात ६ करोड ५६ लाख ५० हजार ऋण लगेका थिए । उनले १ करोड ७५ लाख तिर्न बाँकी देखिन्छ । अनन्तबाबु राई जीबी राई नेतृत्वको स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालिका सेयर सदस्य हुन् । उक्त कम्पनीले सुप्रिमबाट करिब ९ करोड ऋण लगेको पाइएको छ । श्रीबल्लभ नेपाल सञ्चालक रहेको भैरहवाको जय अम्बे सहकारीलाई जीबी राईले सुप्रिममा गाभेका थिए । नेपाल पनि ऋणी देखिएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक जीबी राई, सदस्य भूपेन्द्रबाबु राई, पूर्वसचिव दीपेश पुन, व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे चापागाईंलगायत २८ जनाविरुद्ध प्रहरीले गत वैशाखमै मुद्दा चलाएको थियो । तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा छन् । जीबी, भूपेन्द्र र सागर फरार छन् । दुर्गा, दीपेश र रोशनीसहित ६ जना धरौटीमा छुटेका थिए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ