
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा, ५ असोज । राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको अधिवेशनमा सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् ।
संघको उपाध्यक्षमा सरिता गायक, सचिवमा विजय नेपाली, सहसचिवमा विन्दु परियार र किशोर परियार, कोषाध्यक्षमा कोपिला सुनार निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक निर्वाचित भए ।
यस्तै अधिवेशनले केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । सातजना केन्द्रिय प्रतिनिधि र १२ जना प्रदेश प्रतिनिधि चयन गरिएको छ । सघंको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचालले दलितको मुद्धा दलितले मात्रै नभइ अन्य जातजातीले समेत उठाउन आवश्यक रहे पनि त्यसका लागि अहिले दलितनै लड्नु पर्ने बताईन् ।
नव निर्वाचित अध्यक्ष सुरेश सुनारले दलित पत्रकारको काँधमा दुई कुरा दलित अधिकार र पत्रकारहरुको बारेमा अघि बढ्नुपर्ने स्थिति आइपरेको सुनाए । उनले अबका दिनमा संस्थालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दीपक परियार, प्रेस चौतारि केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष श्याम कँुवर, संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइराला, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, नेवा पत्रकार पुचः अध्यक्ष अनिशा श्रेष्ठ, फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, नेपाल दलित संघ कास्की अध्यक्ष दुर्गाबहादुर सुनार र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्की अध्यक्ष भीम नेपाली लगायतले बोलेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने