
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २६ भदौं । खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने जहरसिंह कुँवरलाई प्रहरीले घटनास्थलबाटै आज पक्राउ गरेको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडा घर भई हाल पोखरा–८ बगालेटोल बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले आज बुधबार मध्यान्ह १२ बजेको समयमा खुकुरी प्रहार गरी ४० वर्षीय आफ्नै श्रीमती राधिकाको हत्या गरेका हुन् ।

जहरसिंह कुँवर आफ्नी श्रीमती राधिका र छोरासँग । फाईल तस्विर
मध्याह्न १२ बजेतिर राधिका चिच्याएको आवाज आएपछि घरबेटी गएर हेर्दा जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय बैदामको टोलीले जहरसिंहलाई खुकुरीसहित तत्कालै घटनास्थलबाटै पक्राउ गरेको थियो ।
राधिकालाई तत्कालै प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गरेपनि चिकित्सकले १२ः४४ बजे उनलाई मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार सामान्य विवाद भएपछि जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । जहरसिंहलाई खुकुरी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको एक छोरा रहेका छन् ।