News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

पोखरा-१५ की कोरोना संक्रमित ७५ वर्षीया महिलाको मृत्यु

पोखरा । गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रि–आईसोलेसनमा भर्ना गरिएका पोखरा महानगरपालिका वडा नं. १५ की ७५ वर्षीय महिलाको कार्तिक २६ गते साँझ ५ः१० बजे मृत्यु भएको हो । उनको कार्तिक २५ गते स्वाव परीक्षणको लागि पठाईएको र २६ ते रिपोर्ट पोजेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्तिमा ती महिलालाई निमोनिया, डाईबेटिज मलाईटस, एक्युट किड्नी इन्जुरी लगायतका समस्याहरु देखिएको उल्लेख छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय १४ पुगेको छ ।

२४ घण्टामा छसय ४७ जनाको पिसिआर परीक्षण गरिएको छ । आजमात्र यस प्रदेशमा थप दुईसय जनामा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढि कोरोना संक्रमण कास्की जिल्लामा देखा परिरहेको छ । कास्की जिल्लामा ६९ जना, नवलपरासी (पूर्व)मा ४८ जना, तनहुँमा ४७ जना, स्याङ्जामा १२ जना, लमजुङमा ८ जना, पर्वतमा ५ जना, मुस्ताङमा ३ जना, गोरखामा २ जना, म्याग्दीमा १ जनामा आज थप कोरोना संक्रमण पुष्टि भएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आजमात्र कोरोना संक्रमणबाट ९ जना निको भएका छन् । परिक्षण गरिएका मध्ये ४४६ जनामा नेगेटिभ देखिएको छ । त्यसैगरी हालसम्म यस प्रदेशमा ९८ हजार सातसय ६२ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । जसमा संक्रमित नौंहजार नौंसय तीनजना रहेका छन् । यसमध्ये चारहजार नौंसय ७९ जना निको भईसकेका छन् । यसमध्ये सक्रिय संक्रमित चारहजार आठसय १० जना रहेका छन् । कुल परीक्षण गरिएको मध्ये ८८ हजार आठसय ५९ जनामा नेगेटिभ देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार यतिबेला एकहजार आठसय १६ जना होम आईसोलेसनमा रहेका छन् ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा ६४७ जनाको कोरोना परीक्षण गरिएको र नौ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ११४ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित चार हजार ८१० छन् । कोरोना सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ९७९ पुगेको छ । प्रदेशमा हालसम्म ९८ हजार ७६२ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया