
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा । भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्य्माकुमारी अर्यालले पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको चार किल्ला निर्धारण र सिमाना एकिन गरेपछि संरक्षणको गुरुयोजना निर्माण गरिने बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको आज पोखरामा भएको पहिलो बैठकमा उहाँले विगतदेखी नटुङ्गिएको फेवातालको सीमा कायम गर्ने विषयलाई अन्तिम हुने गरी समितिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री अर्यालले कार्यान्वयन गर्न सकिने र यसैका लागि पुनः अर्को समिति बनाउन नपर्ने गरी तोकिएको समयभित्र काम गर्न समितिलाई निर्देशन दिँदै सीमा एकिन भएपछि संरक्षणको योजना अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो,“काम त्यति सजिलो छैन तर चासो धेरैको छ । तालको संरक्षण गर्ने भनेको पर्यटकीय नगरी पोखराको साख जोगाउने हो, यसंको संरक्षणका लागि नेपाल सरकार प्रतिवद्ध छ,अब कुनै पनि कुराले यसमा अवरोध हुँदैन, हामी स्थलगत रुपमा आएका छौैँ ।”
मन्त्री अर्यालले सीमा निर्धारण गर्दा पर्याप्त छलफल, विगतका दस्तावेज, यहाँका पाका पुराना अग्रजहरुको अनुभव, उपलव्ध डाटा नक्सा तथा तालसँग जानकार व्यक्तित्वसँगको अन्तरक्रियालाई ध्यान दिन समेत आग्रह गर्नुभयो । सर्वोच्च अदालतको दुई वर्ष अघिको फैसला कार्यान्वयनमा ढिलाई हुनुमा फैसलासँग जोडिएका र क्षेत्र निर्धारणसँग सम्वन्धित केही विषय रहेकाले त्यसमा स्पष्ट हुन समय लागेको मन्त्री अर्यालले बताउनुभयो ।
तालको चारकिल्ला तोक्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयलाई तोकिएको र पटक पटक प्रधानमन्त्री कार्यालयबाट सरोकारभएकाहरुसँग छलफल गरेको, मन्त्रालयले अध्ययनका लागि समिति बनाएर प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको तथा पछिल्लो समय प्रधानमन्त्री कार्यालयले मन्त्रालयलाई अख्तियारी दिएपछि चार किल्ला निर्धारण तथा सीमाङ्कन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“प्रविधिको प्रयोग गरेर सेटेलाइट इमेज, हवाई फोटोग्राफी र विभिन्न समितिको प्रतिवेदनलाई आधार मानेर काम गर्न समितिलाई विशेष आग्रह गर्न चाहन्छु । सीमाभित्र परेका दुषित दर्ता भएका जग्गालाई मालपोत ऐनको प्रयोग गरेर कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ ।”
पोखरा महानगर प्रमुख एवं समितिका सदस्य मानबहादुर जिसीले महानगरले आफ्नो पालिकाभित्रको सम्पदा फेवाताल संरक्षणका लागि सात महिना समय लगाएर यर्थाथपरक प्रतिवेदन हालै प्रधानमन्त्री केपी शर्मा ओली तथा गण्डकी प्रदेश सरकारलाई उपलव्ध गराएको बताउनुभयो । समितिका संयोजक पुण्यप्रसाद पौडेलले तालको सीमाङ्कन कहाँबाट शुरु गर्ने भन्ने महत्वपूर्ण विषय रहेको बताउँदै आफ्नो समिति निर्धारित समयभित्रै सरकारलाई प्रतिवेदन उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले आजदेखि काम शुरु गरेका छौँ । तोकिएका तीन महिनामा एक/दुई महिना बढी लाग्ला तर एउटा सिद्धान्तमा आधारित रहेर हामी हाम्रो काम पूरा गर्दछौँ ।”
समितिका सदस्य सचिव एवं नापी कार्यालय कास्कीका प्रमुख इन्जिीनियर खिमलाल गौतमले समितिका लागि आवश्यक जनशक्ति व्यवस्थापन, बैठक तथा छलफललाई निरन्तरता दिँदै समितिले आफ्नो काम अघि बढाउने जानकारी दिनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !