
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पर्वत । दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा पर्ने सेतीखोलामा मोटरेवल पुल निर्माण शुरुआत भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण हुने सो पुलको काम यसै सातादेखि शुरु भएको हो । यसका लागि रु ४ करोड १४ लाख ५५ हजार ३ सय ८४ रुपैँयामा सम्झौता भएको छ । विसं २०७७ जेठ ४ गते सम्झौता भएपनि झण्डै पाँच महिना पछि शुरु भएको छ । पुल २०७८ मंसीर ४गतेसम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । सिंगल स्पानको उक्त मोटरेवल पुलका लम्वाई ३५ मिटर रहेको छ ।
पुलको भारवहन क्षमता ८० टन रहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक निर्माणको जिम्मा जयनेपाल ईश्वर श्री सिद्धवावा जेभीले लिएको छ । पैंयु गाउँपालिकाको केन्द्र रहेको हुवास स्थित हातेमालो चोक जोड्नका लागि सडक खुलेको झण्डै डेढ दशक पुगेपनि खोलामा पुल नहुँदा यो सडक हुँदै दैनिक चल्ने दर्जनौ साना ठुला सवारी साधनहरु खोलामा जोखिम मोल्दै वारपार गर्ने गरेका थिए ।
गाउँपालिकाकै छिमेकी वडाहरु धरमपानी, बेउलीवास, उराम र महाशीला गाउँपालिकाको होश्राङदी, भोक्सिङ, बालाकोट लगायतका क्षेत्र जोड्ने उक्त सडकमा पुल नहुँदा वर्षायाममा सवारी साधनहरु ठप्प हुने गरेका थिए । हिउँदमा खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था रहेको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पुल बनेपछि पैंयु गाउँपालिका र छिमेकी पालिकाका विभिन्न वडाका नागरिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । वर्षा र हिउँदयाम बाह्रैमास सवारी साधन सञ्चालन गर्न सहज हुने छ ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पुलको शिलान्यास गर्दै समयमै र तोकिएको गुणस्तर काम गरेर निर्माण गर्न आग्रह गर्नुभयो । मुलुक अहिले विकास निर्माणको द्रुत गतिमा अघि बढिरहेका बेला कोरोना भाईरसले तीनै तहका सरकारलाई धक्का पु¥याएको र अब कोभिडसँगसँगै विकास निर्माणलाई पनि अघि बढाउनुपर्ने बताउनुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव