
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पर्वत । दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा पर्ने सेतीखोलामा मोटरेवल पुल निर्माण शुरुआत भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण हुने सो पुलको काम यसै सातादेखि शुरु भएको हो । यसका लागि रु ४ करोड १४ लाख ५५ हजार ३ सय ८४ रुपैँयामा सम्झौता भएको छ । विसं २०७७ जेठ ४ गते सम्झौता भएपनि झण्डै पाँच महिना पछि शुरु भएको छ । पुल २०७८ मंसीर ४गतेसम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । सिंगल स्पानको उक्त मोटरेवल पुलका लम्वाई ३५ मिटर रहेको छ ।
पुलको भारवहन क्षमता ८० टन रहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक निर्माणको जिम्मा जयनेपाल ईश्वर श्री सिद्धवावा जेभीले लिएको छ । पैंयु गाउँपालिकाको केन्द्र रहेको हुवास स्थित हातेमालो चोक जोड्नका लागि सडक खुलेको झण्डै डेढ दशक पुगेपनि खोलामा पुल नहुँदा यो सडक हुँदै दैनिक चल्ने दर्जनौ साना ठुला सवारी साधनहरु खोलामा जोखिम मोल्दै वारपार गर्ने गरेका थिए ।
गाउँपालिकाकै छिमेकी वडाहरु धरमपानी, बेउलीवास, उराम र महाशीला गाउँपालिकाको होश्राङदी, भोक्सिङ, बालाकोट लगायतका क्षेत्र जोड्ने उक्त सडकमा पुल नहुँदा वर्षायाममा सवारी साधनहरु ठप्प हुने गरेका थिए । हिउँदमा खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था रहेको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पुल बनेपछि पैंयु गाउँपालिका र छिमेकी पालिकाका विभिन्न वडाका नागरिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । वर्षा र हिउँदयाम बाह्रैमास सवारी साधन सञ्चालन गर्न सहज हुने छ ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पुलको शिलान्यास गर्दै समयमै र तोकिएको गुणस्तर काम गरेर निर्माण गर्न आग्रह गर्नुभयो । मुलुक अहिले विकास निर्माणको द्रुत गतिमा अघि बढिरहेका बेला कोरोना भाईरसले तीनै तहका सरकारलाई धक्का पु¥याएको र अब कोभिडसँगसँगै विकास निर्माणलाई पनि अघि बढाउनुपर्ने बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !