
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
मनाङ । राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको जिल्लाको नार्पाभूमि गाउँपालिकाका मानिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर छ । अधिकांश दैनिक उपभोग्य सामान खच्चडबाटै भित्रिने गरेको यस ठाउँमा चार हजार मिटरभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौँ खच्चड सामान बोकेर ओहोरदोहोर गरिरहेका हुन्छन् ।
कुनै समय बाटो हिँड्नसमेत गाह्रो पर्ने क्याङ भिरमा पछिल्लो समय भने खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानीमा गरिन्छ । वर्षौँदेखि मनाङको सदरमुकाम चामेको कोतोदेखि यस गाउँपालिकाको केन्द्र र फू गाउँसम्म विकास निर्माणका सामग्री र दैनिक उपभोग्य वस्तु खच्चडबाटै ढुवानी गर्दै आएको वडा नं ५ का वडाध्यक्ष सोनम तेजे लामाले बताउनुभयो । “विकास निर्माणका सामान खच्चडबाट ढुवानी हुँदै आएको छ, नुन, तेल, चामल, सिमेन्ट, विकास निर्माणका आवश्यक सामान दैनिक खच्चडबाट महङ्गो मूल्य तिरेर गाउँसम्म पुर्याउन बाध्य छौँ”, उहाँले भन्नुभयो ।
पहिले मानिसले दुई दिन लगाएर ज्यानै जोखिममा राखेर सामान ओसारपसार गर्नु पर्नेमा अहिले खच्चडबाट सस्तो मूल्यमा सामान ढुवानी हुन थालेको स्थानीयवासी बताउँछन् । तरकारीलगायत दैनिक प्रयोगका सामानहरु खच्चडबाट ढुवनी गर्दा समयमा नआउने, सड्ने गल्ने र कुहिने समस्या रहेको स्थानीय सोनम लाक्पा शेर्पाले बताउनुभयो । मोटर बाटो निर्माण भए यस्तो समस्या नहुने उहाँको भनाइ छ । उहाँका अनुसार निजी घर निर्माणका लागि जस्तापातासमेत खच्चडबाट ढुवानी गर्दा प्रतिकेजी रु ८० देखि ९० सम्म लाग्ने गरेको छ ।
खच्चडमार्फत दैनिक छ हजारदेखि १५ हजार केजीसम्म सामान आउने गरेको स्थानीयवासीले बताएका छन् । सडकको पहुँच नपुगेको यस गाउँपालिकामा दैनिक करिब १०० देखि १५० खच्चडको प्रयोग हुँदै आएको छ । जिल्लाका अरु सबै पालिकालाई मोटर बाटोले जोडे पनि यस गाउँपालिकामा खच्चड र मानिसले नै सामान ओसार पसार गर्नुको विकल्प छैन । स्थानीय तहको निर्वाचनपछि मोटर बाटोको ट्र्याक खोल्ने काम भए पनि एउटै भिर काट्न करोडौँ रकम खर्च गर्नुपर्ने स्थानीय तहले जनाएको छ ।
यहाँका मनिसलाई जिल्ला सदरमुकामसम्म पुग्न पनि दुई दिन लाग्छ । बिरामी परे मानिसको बुई चढ्नु वा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन । एक पोका नुन लिनसमेत खच्चड र भरिया पर्खनुपर्ने यस गाउँपालिकाका मानिसलाई गाउँबाट मोटर चढेर सदरमुकाम पुग्ने रहर सपना जस्तै भएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन