
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
गलकोट । बागलुङ जिल्लामा रहेका अवैध क्रसर उद्योग व्यवस्थित गर्न थालिएको छ । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाको संयोजकत्वमा रहेको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले मङ्गलबार गरेकोे अनुगमनमा बागलुङका दुई अवैध क्रसर उद्योग बन्द लगाइएको छ ।
मापदण्ड विपरीतका दुई क्रसर उद्योगलाई मापदण्डमा आउन आग्रह गर्दै तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी तथा समितिका सदस्य सुरेश न्यौपानेले जानकारी दिनुभयो । “हामीले जिल्लाका क्रसर उद्योग व्यवस्थित गर्न थालेका थियौँ, हिजै गृह मन्त्रालयको समेत स्पष्ट निर्देशन आइसकेको छ” प्रजिअ न्यौपानेले भन्नुभया,े “दर्ता भएर राज्यको नीतिभन्दा बाहिर रहेका दुई क्रसर उद्योगलाई मापदण्डमा नआउन्जेल बन्द गरिएको छ, यस्तो अनुगमन जिल्लाभर चल्नेछ ।”
जिल्लाको गलकोट नगरपालिका–६ स्थित सिद्ध भैरव क्रसर उद्योग र सोही नगरपालिका–११ को ढोरपाटन क्रसर उद्योगलाई तत्कालै बन्द गर्न निर्देशन गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त उद्योग कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएपनि कर चुक्ता नभएको, नवीकरण नभएको, नदीको नजिकै रहेको पाइएकाले मापदण्डमा आउन आग्रहसहित बन्द गर्न भनिएको हो । समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहको प्रमुखसहितको अनुगमनका क्रममा मापदण्ड बाहिरका दुई उद्योग बन्द गर्न भनिएको हो ।
सो समितिले बडिगाड तथा ढोरपाटन नगरपालिकाको नदी क्षेत्रमा अवैध उत्खनन् भइरहेको स्थानको समेत अवलोकन गरेको छ । समितिले बडिगाड गाउँपालिका–७ कालीदहमा अवैध उत्खनन् गरी राखिएको गिटी तथा बालुवासमेत नियन्त्रणमा लिएर बिक्रीवितरणमा रोक लगाएको छ । स्थानीय तहको समन्वयमा नदीजन्य पदार्थ रोक लगाइएको हो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन