
१ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
२पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
३पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
६फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
७शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
८नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
९लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
सहकारी संघसंस्थाको दर्ता, नविकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार प्राप्त रजिष्ट्रार उदयबहादुर पराजुलीलाई १ करोड पाँच लाख रुपैयाँ नगद दिईरहँदा सहकारीका अध्यक्ष रमण पौडेलले मोवाईलबाट भिडियो समेत खिचेको स्रोतको भनाई छ ।
पोखरा, ६ पुस । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि केही दिन अघि अनुमति लिईसकेको छ ।
सहकारी संघसंस्थाको दर्ता, नविकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार प्राप्त यस कार्यालयका तत्कालिन रजिष्ट्रार पराजुलीले १ करोड पाँच लाख रुपैयाँ लिएर मित्र मिलन सहकारीलाई कार्यक्षेत्र तथा शाखा विस्तारका लागि अनुमति दिएको तथ्य अनुसन्धानका क्रममा पुष्टि भएको हो ।
हाल पर्वत जिल्ला कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृतको रुपमा कार्यरत तत्कालिन सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार पराजुलीलाई पक्राउ गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले पक्राउ पुर्जी समेत लिईसकेको छ । सहकारीका सञ्चालकहरुको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरामा झण्डै २ वर्ष सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रमुख भएका उनी २०६९ भदौ दोस्रो सातासम्म कार्यरत थिए । कार्यक्षेत्र थप गर्ने विषयमा सरुवा भएको तत्कालिन समयमा रमाना नलिई रजिष्ट्रार पराजुलीले करोडौं रुपैयाँ घुस लिई मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तारको अनुमति दिएका थिए । कार्यक्षेत्र गण्डकी प्रदेश भरी बनाउने भने पनि तत्कालै आँधीखोला कार्यक्षेत्रमात्र थप हुन गएको थियो ।
कार्तिक ११ गतेसम्मका लागि पराजुली प्रमुख प्रशासकीय अधिकृत सहसचिवको जाँच दिन काठमाडौं जाने भन्दैं विदामा बसेको कुश्मा नगरपालिकाले जनाएको छ । रजिष्ट्रार पराजुलीले १ करोड भन्दा बढि रकम लिएर पनि काम नगरेपछि घुस दिदाँ खिचिएको भिडियो सञ्चालक समितिका अध्यक्ष पौडेलले प्रमाणका रुपमा सुरक्षित ढंगले राखेको अनुसन्धानका क्रममा खुलेको हो ।
यसअघि सहकारीका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारी भारत भाग्नु अघि लेखिएको पत्रमा समेत यो विषय खुलाईएको थियो । सो पत्रमा सहकारीको प्रदेशभरी सेवा केन्द्र र कार्य क्षेत्र बनाउने हो भनेर रजिष्ट्रारलाई घुस खुवाउन भनि अभिसेक काफ्ले (खुमानन्द) र सञ्जय दाइ मार्फत् १ करोड २० लाख रुपैयाँ नगद रजिष्ट्रार उदयबहादुर पराजुलीको हातमा ‘निलो झोला’मा दिइएको उल्लेख छ ।
जुन पत्रमा भनिएको छ,‘त्यसमा एकपटक २० लाख र अर्कोपटक २ लाख गरी २२ लाख फिर्ता दिएका हुन् । कार्यक्षेत्र सेवा केन्द्र पनि भने जस्तो भएन । १ वर्षमा केही काम भयो । पैसा पनि आएन ।’ उक्त पत्रमा रजिष्ट्रार उदयबहादुर पराजुलीलाई दिने भनेर सञ्जय दाइलाई अभिषेक (खुमानन्द) र म गएर नगद पैसा दिएको हो भनेर लेखिएको थियो । यो घटनामा संलग्न खुमानन्द काफ्ले भनिने अभिषेक विरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । काफ्ले पनि फरार रहेका छन् । सहकारीका अध्यक्ष भने यस अघि नै बैंकिङ कसुरमा पक्राउ परिसकेका छन् । रजिष्ट्रार पराजुलीलाई १ करोड पाँच लाख रुपैयाँ नगद दिईरहँदा सहकारीका अध्यक्ष पौडेलले मोवाईलबाट भिडियो समेत खिचेको स्रोतको भनाई छ ।
मित्रमिलन सहकारीमा बचत भईरहेको पैसा हिनामिना भईसकेपछि थप बचत जुटाउन यसका सञ्चालक र यस आर्थिक हिनामिनामा संलग्नहरुले कार्यक्षेत्र विस्तार र शाखा खोल्नका लागि यसरी नियामक निकायका प्रमुखलाई नै करोडौं रुपैयाँ घुस खुवाएका थिए । यसपछि कसेरी र पुम्दीभुम्दीमा शाखा खोले पनि यो गिरोहले सोचे जसरी अन्य क्षेत्रबाट रकम संकलन गर्न भने सकेको देखिदैंन ।

जनप्रतिनिधि, पत्रकार, वकिल, टोले गुन्डा, सरकारी कर्मचारीदेखि मिटरव्याजी लगायतको समूह मिलेर सहकारीको रकम हिनामिना गरेपछि फरार हुनु अघि मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलले लेखेको यो पत्र र प्रहरीको अनुसन्धानका क्रममा देखिएको प्रमाणका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराका प्रमुख तत्कालिन उदयबहादुर पराजुलीलाई पक्राउ पुर्जी काटिएको हो ।
सहकारीमा फसेको अर्बौं रुपैयाँको सुरक्षा खोई ? राज्य किन मौंन छ ?
यतिबेला देशव्यापी रुपमा नैं सहकारीमा फसेको अर्बौं रुपैयाँ जोखिममा परेको छ । बचतकर्ताको रकमको सुरक्षाका लागि राज्यले खासै चासो दिएको देखिदैंन । उल्टै सहकारीका सञ्चालक र ठगहरुलाई बचाउने गरी यहाँका प्रहरी प्रशासन, अदालत र सम्बन्धित नियामक निकायहरु सेटिङमा चलेको देखिन्छ । जसले गर्दा जनताको सहकारीमा फसेको अर्बौं रुपैयाँको भविष्य अँध्यारो देखिएको छ ।
सहकारी रजिस्ट्रार कार्यालय, गण्डकीका अनुसार प्रारम्भिक अनुसन्धानमा ५ वटा सहकारीले २ अर्ब ३६ करोड रुपैयाँ अपचलन गरेको देखिएको छ । ती सहकारीलाई कारवाहीका लागि प्रारम्भिक अनुसन्धान गरेर सिफारिस समेत गरिएको छ ।
सहकारी रजिस्ट्रार कार्यालयका अनुसार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर नौंसय ४३ वटा सहकारी संस्था दर्ता भएका छन् । यी सबैको कुल सेयर पुँजी जोड्दा १२ अर्ब ४ करोड रुपैयाँ देखिन्छ । प्रदेशस्तरका यस्ता सहकारी संस्थामा ५८ अर्ब ४९ करोड रुपैयाँ बचत छ भने सहकारीले ६४ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको अभिलेख छ ।

‘आखिर जनताले कहाँबाट न्याय पाउने ?’: सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, बिरौंटामा रहेको कार्यालयमा जाँदैं मित्र मिलन सहकारीका पीडित बचतकर्ताहरु … जो रक्षक उहीं भक्षक भएपछि सहकारी पीडितहरुले न्याय पाउने सम्भावना न्यून हुँदैं गईरहेको छ ।
पोखरा पालिकाको रेकर्ड अनुसार महानगरलाई कार्यक्षेत्र बनाएर ३६४ वटा सहकारी संस्था दर्ता छन् । तिनको सेयर पुँजी ७ अर्ब ४२ करोड ७१ लाख रुपैयाँ छ । यी सहकारी संस्थामा १ लाख ८८ हजार ८२७ जनाले १६ अर्ब १९ करोड ६९ लाख रुपैयाँ बचत गरेका छन् ।
यी सहकारीले १९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । पोखरा महानगरस्तरीय र गण्डकी प्रदेश स्तरीय सहकारी संस्थामा बचत रहेको कुल रकम १६ अर्ब ७८ करोड १८ लाख रुपैयाँभन्दा बढी छ । पोखरा महानगरका अतिरिक्त गण्डकी प्रदेशका ८४ वटा स्थानीय तहमा पनि सहकारी संस्थाहरू दर्ता भएर चलेका छन् । तिनको विवरण सम्बन्धित स्थानीय तहबाहेक सरकारका अरू निकायमा हुँदैन ।
सहकारी रजिष्ट्रारको कार्यालय स्थापनासँगै प्रदेशका सम्पूर्ण सहकारीको नियमन गर्न सहज हुने अपेक्षा राखिए पनि यसबाट कर्मचारीहरुले वार्गेनिङ गर्ने र रकम असुल्ने धन्दा चलाउँदा उद्देश्य विपरितका यस्ता गतिविधिहरु हुन पुगे । नियमन गर्ने निकाय नैं भ्रष्टाचारमा लिप्त हुँदा हजारौं बचतकर्ताहरुको सहकारीको अर्बौं रुपैयाँ डुब्ने स्थिति बन्न पुग्यो । यस विषयमा सम्बन्धित मन्त्रालय र राज्यले बेलैंमा सोच्नु पर्ने देखिन्छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने