
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
११आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१२इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
पोखरा, ८ मंसिर । अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गामा तेस्रो अन्तरविद्यालय स्तरीय रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उल्लेरी आधारभूत विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो र झिलिबराङ आधारभूत विद्यालय मोदी पर्वत तेस्रो भए । उत्कृष्ट रङ्गोली बनाउने विद्यार्थी समूहलाई दक्षिण कोरियाका कला शिक्षक कु ह्युम किमले जनही १५ हजार, १३ हजार, ११ हजार र सहभागी समूहलाई उत्सवको रङ व्यवस्थापनका लागि २ हजार नगद पुरस्कार र प्रमाणपत्र दिएका थिए ।
तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीलाई घर भित्र्याउन बनाइने रङ्गोली नेपालीहरूको मौलिक मण्डेला निर्माण कलासँग नजिकको सम्बन्ध भएकाले कला प्रवद्र्धन गर्न विगत ३ वर्षदेखि रङ्गोली उत्सव र प्रतियोगिता गरिएको कला शिक्षक किमले बताए । उनले आफू भिजिट भिसामा नेपालमा आइ समाजसेवा गरेको र आफ्नो मृत्यु्पछि पनि अन्नपूर्णमा रङ्गोली उत्सव निरन्तर चलिरहन्छ भने ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष रमेश गुरुङले ग्रामीण भेगका विद्यार्थीले प्रतियोगितामा सहभागी भएर आफ्नो कला प्रतिभा देखाउन पाउनु गौरवको कुरा भएको बताए । वडा सदस्य तथा कार्यपालिका सदस्य पुष्पा पुनले अभिभावकलाई सन्तानको शिक्षादीक्षाका लागि बाख्रा वितरण गर्नु सराहनीय भएको धारणा राखेकी थिइन् । खसीले मसी हुने ठहर गर्दै किमले १० जना अभिभावकलाई १ लाख ५० हजार बराबरको माऊ बाख्रा वितरण गरेका थिए ।
विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन र मौलिक कला संस्कृतिको संरक्षणमा रङ्गोली उत्सवले थोरै भए पनि योगदान दिने भएकाले रङगोली उत्सवका परिकल्पनाकार किमलाई विद्यायलयले विर्सन नहुने कुरा शैक्षिक विभाग प्रमुख कीर्तिराज ढकालले बताए ।
प्रत्येक सहभागी समूहलाई रङ व्यवस्थापन, १२ वटा परम्परागत माटोको दियो, फूलहरू दिएर रङगोली बनाइ साँझ दीप प्रज्वलन गरिएको थियो । सहभागी विद्यार्थीहरू र शिक्षकलाई आयोजक विद्यालयले नै आवास र खानपानको व्यवस्थापन गरेको थियो ।
रङगोली उत्सव कोरियन कला शिक्षक किमको परिकल्पना, आर्टफिल्ड ग्यालरी दक्षिण कोरियाको प्रायोजन, अन्नपूर्ण ड्रोइङ ड्रिम टिमको सहकार्य र परिचय डटकम पोखराको प्रवद्र्धनमा श्री भगवती माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगितामा १२ वटा समूह प्रतियोगीका रूपमा रहेको कार्यक्रम संयोजक खेमबहादुर पुनले जानकारी दिए ।
लामो समयदेखि कला संस्कृतिको अध्ययन गरिरहेका किमले अन्नपूर्ण गाउँपालिकामा विगत १० वर्षदेखि चिकलाको शिक्षण, विद्यार्थीहरूलाई पोशाख, शैक्षिक सामग्री, छात्रावृत्ति वितरण, अभिभावकलाई बाख्रा वितरण परियोजना, विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् । किमले अन्नपूर्ण ड्रोइङ ड्रिम टिम गठन गरि चित्रकला सिकाउने, तत्स्थानीय चित्राङ्कन गराइ नेपाल र कोरियाका विभिन्न सहरमा कला प्रदर्शनी गरिसकेका छन् ।
भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हिमलाल जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक चन्द्रकुमारी गुरुङले स्वागत मन्तव्य राखेकी थिइन भने संयोजक खेमबहादुर पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी