
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २१ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखरा–९, नयाँबजारमा आजदेखि वित्तीय विशेषज्ञसहितको टोलीले शुरुदेखि अहिलेसम्मको सम्पूर्ण आर्थिक कारोबारहरुको छानबिन थालेको छ । गण्डकी प्रदेश मातहतको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले आजदेखि तेस्रो तथा अन्तिम चरणको अनुसन्धान थालेको हो ।
गत कार्तिक १२ गते बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिदैं आफ्नो वचत रकम फिर्ताको लागि कानुनी प्रक्रिया अगाडि बढाई दिन अनुरोध गरेका थिए । सहकारी पीडितहरुको उजुरी बुझ्दैं निमित्त रजिष्ट्रार ईश्वरी ढकालले तत्कालै जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेख्दैं आवश्यक छानबिन तथा कारवाहीको प्रकृया अगाडि बढाउन अनुरोध गरेकी थिईन् ।
रजिष्ट्रार कार्यालयका प्रवक्ता समेत रहेकी शाखा अधिकृत ढकालले भनिन्–‘आज सञ्चालक समितिलाई पनि बोलाएका छौं । सञ्चालक समितिले गल्ति कसको हो पत्ता लगाउने कार्यमा विशेषज्ञ राखेर अनुसन्धान गर्न सहमत भएका छन् । अब पुरै सुरुदेखि अहिलेसम्मको अडिट सिए ग्रुपमार्फत् हामी गराउँदैछौं ।’
अधिकृत ढकालले बचतकर्ताहरुले उजुरी दिए लगत्तै सहकारीको प्रारम्भिक अनुसन्धान पुरा गरिएको बताईन् । उनले भनिन्–‘प्रारम्भिक अनुसन्धान गर्यौं । दुई दिनसम्म यहीं कार्यालयमा आएर थप अनुसन्धान पनि गरिएको थियो । यो वित्तीय विश्लेषण सहितको हो । यो भईसकेपछि इन टोटलमा हुन्छ । दोषी देखिएकाहरुलाई कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउँछौं ।’

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति
सहकारी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी चोलाकान्त वाग्लेले भने–‘सहकारीमा कतिमा समस्या जटिल छन् । पहिला केही पनि होइन भन्नेहरु यतिबेला रियलाईजेसन गरेका अवस्था पनि छन् । १/२ वटा केस देख्दा खेरी अलिकति गर्नैपर्ने खालको रहिछ भन्ने बुझाई पनि भएको छ ।’
सूचना अधिकारी वाग्लेले यतिबेला मित्र मिलन सहकारीमा सञ्चालकहरुका विषयमा जे कुरा आए पर्दा अगाडि, पर्दा पछाडि भएका मानिसहरुले हामी होइनौं भनेकाहरुले पनि रियलाईजेसन गरेको अवस्था रहेको बताए । उनले भने–‘अहिले हामीले गर्नुपर्ने भो । बरु पछि हामीले को कोसँग के के गरेर मिलाउने हो मिलाउँला, तर अहिले सहकारीको व्यवस्थापन गर्छौं भनेर भनेको अवस्था हो । अहिले हामीलाई त्यहीं भनेका छन् ।’
यो सहकारीमा मूख्य समस्या सञ्चालकहरुको रहेको भएपनि बचतकर्ता र शेयरधनीहरुलाई लाभांस वितरणमा के कस्तो गरिएको छ भन्ने विषयको पनि अनुसन्धान हुने सूचना अधिकारी वाग्लेले जानकारी दिए । उनले भने–‘मित्र मिलन सहकारीको सुरुदेखि कैं वित्तीय विश्लेषण गर्ने हो । यहाँ दैनिक सदस्यसँग कारोबार भए नभएको, बचतकर्ता र शेयर होल्डरले नचाहिने लाभांश खाए नखाएको र त्यहीं लाभांश बचत राखेर फेरि त्यहीं बचत फिर्ता मागेको लगायत ती सबै कुराको डिटेल्ली हेर्ने कुरा छ ।’
बचतकर्ताको उजुरी लगत्तैं सहकारी रजिष्ट्रारको कार्यालयले सञ्चालकहरुको सम्पत्ति रोक्का राख्ने प्रक्रिया अन्तर्गत विवरण संकलनको काम सुरु भईसकेको सूचना अधिकारी वाग्लेले जानकारी दिए । उनले भने–‘सञ्चालकहरुको सम्पत्ति रोक्काका लागि सम्पूर्ण विवरण संकलन गर्ने कार्य सुरु भईसकेको छ । साथै विदेश नभागुन् भनेर सम्बन्धित ठाउँमा रोक्ने काम पनि गरिएको छ । सञ्चालकहरुले गरेका कतिपय कुराहरु क्राईम नैं हुन् । कानुनले त्यसको उपचार खोज्नुपर्छ भन्ने हो ।’
मित्र मिलन सहकारीले गण्डकी प्रदेशमा ३ वटा शाखा सञ्चालनमा ल्याएको थियो । जसमा शेयर सदस्य १२ सय भन्दा बढि र बचतकर्ताहरु २३ सय भन्दा धेरै रहेको सहकारीका कर्मचारीले बताएका छन् । यो सहकारीमा सञ्चालकहरुले नै सहकारी ऐन विपरित बिना धितो रकम अपचलन गर्नुका साथै मिटरव्याजी कारोबारमा संलग्न हुँदा बचतकर्ताहरुको रकम संकटमा परेको सहकारीका कर्मचारीहरु नै स्वीकार्छन् ।

मित्र मिलन सहकारीबाट सर्वसाधारण बचतकर्ताले रकम फिर्ता नपाएपछि कारवाहीको माग गर्दै सहकारी रजिष्ट्रारको कार्यालयमा निमित्त रजिष्ट्रार ईश्वरी ढकाल सामू आफ्नो गुनासो राख्दैं पीडित बचतकर्ताहरु । तस्विर: डन न्यूज
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !