News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप एकको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण तनहुँ भिमाद नगरपालिका वडा नं. ९ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषलाई कार्तिक १२ गते कोरोना पुष्टि भएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणका कारण यस प्रदेशमा एकसय १२ जनाको निधन भईसकेको छ ।

त्यसैगरी, अध्यावधिक विवरण अनुसार यस प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय ६६ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना संक्रमितको संख्या नौंहजार पाँचसय २१ पुगिसकेको छ । जसमा हालसम्म चारहजार नौंसय ६५ जना कोरोना संक्रमितहरु निको भईसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्देशक शर्माका अनुसार यस प्रदेशमा सक्रिय संक्रमितको संख्या चारहजार चारसय ४४ पुगेको छ ।

प्रतिक्रिया