
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
‘फुटपाथबाट व्यवस्थापन गरेर राखिएको यो ठाउँमा मासिक २ लाख ४५ हजारबाट एकैचोटी अस्वभाविक रुपमा १५ लाख ५६ हजार रुपैयाँ तिर्ने गरी भाडादर वृद्धि गरिएपछि हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’ व्यवसायी
पोखरा, २९ असोज । सरकारी जमिन भाडामा लिएर साना व्यापारीसँग चर्को मूल्य असुल्दैं आईरहेका ठेकेदार मिलन तिवारीका विरुद्धमा यतिबेला पोखरा हङकङ बजारका व्यवसायीहरु आन्दोलित भएका छन् । आर्थिक मन्दीको बेलामा साना व्यवसायीलाई ढाड सेक्ने गरी सरकारी निकाय र ठेकेदारले भाडादर वृद्धि गरे पछि व्यवसायीहरु ६ महिनादेखि आन्दोलित भएका हुन् ।
सडकपेटीमा व्यवसाय गर्दै आईरहेका व्यापारीलाई ११ वर्ष अघि जिल्ला प्रशासन कार्यालय कास्कीका तत्कालिन प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको नेतृत्वमा पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ र यहाँका सम्पूर्ण राजनीतिक दलका प्रमुखहरुको सहमतिमा पोखरा–९, पृथ्वीचोक नजिक कृषि सामग्री कम्पनी लिमिटेड र पोखरा उपत्यका नगर विकास समितिको खाली जमिनमा राखिएको थियो ।

पोखरा हङकङ बजार
तत्कालिन समयमा सो सरकारी जमिन राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका उपाध्यक्ष समेत रहेका ठेकेदार तिवारीले भाडामा लिइएको पाइएपछि करार अवधिसम्म ठेकेदारसँग मिलेर व्यवसाय गर्ने र सम्झौंता अवधि सकिएपछि व्यवसायीहरुको पक्षमा दिगो व्यवस्थापन गर्नेे शर्तमा त्यहाँ राखिएको थियो ।
ठेकेदारसँगको सम्झौंता अवधि सकिएपछि महानगरपालिकाले साना व्यवसायीहरुको लागि दिगो व्यवस्थापन गर्ने भनिए पनि आजसम्म सो कार्य भने हुन सकेन । एकातर्फ कोरोना महामारीले आक्रान्त पारेको अवस्था, अर्कोतर्फ आर्थिक मन्दीले सताई रहेको समयमा पुनः कृषि सामग्री केन्द्रले २०७९ चैत २१ गते टेण्डर आह्वान गर्दै सो जमिन २०८० साउन ११ गते चर्को भाडामा ठेकेदार तिवारीलाई दिएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।

कोरोना कहरपछिको आर्थिक मन्दी र चर्को भाडादरका कारण व्यवसायीहरु यसरी विस्थापित हुने क्रम बढ्न थालेको छ । क्रमशः व्यवसायीहरु यसरी नै सटर बन्द गरेर हिड्न बाध्य हुँदैंछन् । तस्विर: डन न्यूज
ठेकेदारी प्रथाको अन्त्य गरियोस्, सरकारी निकायले भाडा उठाउन नचाहेमा त्यसको जिम्मेवारी लिन विधिवत दर्ता भएको पोखरा हङकङ बजार व्यवस्थापन समिति तयार रहेको र हालसम्म तिर्दै आईरहेको भाडामा २० प्रतिशत अधिकतम् भाडा वृद्धि गरे आफूहरु तिर्न तयार रहेको व्यवसायीहरुको भनाई छ ।
पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमारी गुरुङले भनिन्–‘हामी भाडा नतिर्ने होइन, हामी भाडा तिछौं । कृषि सामग्री कम्पनी र पोखरा उपत्यका नगर विकास समितिलाई हामी भाडा बुझाउन तयार छौं । तर ठेकेदार र विचौलियालाई हामी चिन्दैनौं र उनीहरुलाई यहाँ छिर्न पनि दिदैनौं ।’

पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमारी गुरुङ
हङकङ बजार व्यवस्थापन समितिका कोषाध्यक्ष समेत रहेका व्यवसायी खुमान गिरीले भने–‘फुटपाथबाट व्यवस्थापन गरेर राखिएको यो ठाउँमा मासिक २ लाख ४५ हजारबाट एकैचोटी अस्वभाविक रुपमा १५ लाख ५६ हजार रुपैयाँ तिर्ने गरी भाडादर वृद्धि गरिएपछि हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’
‘ठेकेदारलाई सम्झाउन र रोक्नका लागि हामी कृषि सामग्री कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं पनि पुग्यौं । यस्तो नगर्नुस् । हामी सक्दैंनौं । हामी विस्थापित हुनुपर्ने अवस्था आउँछ भन्दा पनि ठेकेदार तिवारी मान्नुभएन,’ कोषाध्यक्ष गिरीले भने–‘जबरजस्ती ठेकेदार तिवारीले टेण्डर सकारेर आउनु भयो । अहिले झण्डैं कार्तिकको ११ गते ३ महिना पुग्छ, हामीले ठेकेदार र विचौंलिया तिवारीलाई प्रवेश गर्न दिएका छैनौं । समय छ, उहाँ व्याक हुनुपर्छ । हामी भाडा कृषि सामग्री कम्पनीलाई तिर्न तयार नैं छौं ।’

पोखरा हङकङ बजार व्यवस्थापन समितिका कोषाध्यक्ष एवं व्यवसायी खुमान गिरी
व्यवसायी जीवन पौडेलले मजदुर र किसान मिलेर स्थापना गरेर पोखरा हङकङ बजारमा रहेका साना व्यापारीमाथि षडयन्त्र गर्ने, धाकधम्की दिने र अस्वभाविक टेण्डरका नाममा व्यापारीमाथि आतंकित बनाउने कार्यका विरुद्धमा ६ महिनादेखि आन्दोलनमा होमिनु परेको बताए ।

पोखरा हङकङ बजारका व्यवसायी जीवन पौडेल
‘राज्यले सर्पोट गरेर साना मजदुरलाई उद्यमी बनाउन पहल गर्नुपर्ने ठाउँमा हामीलाई उठिबास लगाउँदैं जबरजस्ती विदेश पठाउन बाध्य पारिदैंछ,’ व्यवसायी पौडेलले भने–‘यस्ता गलत कार्यलाई नीति नियम बनाउने विधायकहरुले बुझ्नुपर्दछ । यो ठेकेदारी प्रथा भ्रष्टाचारको जड हो । यसलाई बदल्नु पर्दछ ।’
पोखरा हङकङ बजार व्यवस्थापन समितिका सदस्य एवं व्यवसायी सुरेशकुमार श्रेष्ठले ठेकेदार प्रथालाई अन्त्य गर्दै सरकारी जमिन र भवन सरकारले नैं सञ्चालन गर्नुपर्ने र सोझैं राजश्व राज्यले पाओस् भन्ने आफूहरुको प्रमुख माग रहेको बताए ।

पोखरा हङकङ बजार व्यवस्थापन समितिका सदस्य एवं व्यवसायी सुरेशकुमार श्रेष्ठ
व्यवसायी देवी कुँवरले आक्रोश व्यक्त गर्दै बेरोजगारी बढिरहेको र विदेशमा गएर नेपालीले ज्यान गुमाउन परिरहेको बेलामा हामी यहाँ केही गरेर खान्छौं र भाडा सरकारलाई नैं तिछौं भन्दा हामीले सुख पाएनौं । हामीले अन्याय गरेका छैनौं । हामी ठेकेदार र विचौंलियालाई एक राख्दैनौं, दुई राख्दैंनौं, तीन राख्दैनौं ।’

व्यवसायी देवी कुँवर
पोखरा हङकङ बजार व्यवस्थापन समितिका सदस्य एवं व्यवसायी मणिचन्द्र कँडेलले भने–‘पोखरा हङकङ बजार स्थानीय प्रशासन, पोखरा उद्योग वाणिज्य संघ र तत्कालिन सात राजनीतिक दलको रोहवरमा फुटपाथबाट यहाँ स्थान्तरण र व्यवस्थापन गरिएको बजार हो । यहाँ भएका निम्नस्तरका व्यवसायीहरुलाई अब पनि कसैले यो वा त्यो वाहनामा विस्थापित गर्न पाईदैंन ।’

पोखरा हङकङ बजार व्यवस्थापन समितिका सदस्य एवं व्यवसायी मणिचन्द्र कँडेल
‘ठेकेदार तिवारीले यतिबेला डेढ लाख रुपैयाँ डिपोजिट, न्यूनतम ८ हजारदेखि अधिकतम १२ हजार रुपैयाँसम्म भाडा लिने भन्नुभएको छ,’ व्यवसायी कँडेलले भने–‘हामी कुनै पनि अवस्थामा यो स्थितिमा जान सक्ने सम्भावना नैं छैन । अहिले पनि केही बिग्रेको छैन, ठेकेदारले ९० दिन भित्रमा टेण्डर फिर्ता लिन मिल्ने अवस्था छ । हामी अनुरोध गर्न चाहन्छौं, तपाईले टेण्डर फिर्ता लिएर हामीलाई सहयोग गर्नुहोस् ।’
यस विषयमा जिज्ञासा राख्दा गुडलक कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक एवं ठेकेदार मिलनप्रसाद तिवारीले भने–‘दुई पक्ष टेबलमा बसौं । भाडाको दरमा मैले घाँटी अठ्याएर लिने भन्ने मेरो स्वभाव छैन । मैले भाडा बढाएको होइन, भाडा बढाएको राज्यले हो । मलाई त्यहीं रेटमा नविकरण गरिदिनुस् भनेको थिए । कानुनले गर्दा नविकरण गर्न मिलेन, ठेक्का बाहेक अर्को विकल्प थिएन ।’

गुडलक कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक एवं ठेकेदार मिलनप्रसाद तिवारी
‘भाडा चर्को छँदैंछैन । अहिलेको युगमा पृथ्वीचोकको ठाउँमा कति भाडा तिर्न उचित हुने हो ? उहाँहरुले जति भन्यो, त्यतिमात्र तिर्न उचित हुने हो कि, त्यसको वरपरको भाडाको मूल्यांकन गर्ने हो ?’, ठेकेदार तिवारीले डन न्यूजसँग भने–‘एउटा स्टलको भाडा दिनको ३ सय रुपैयाँ तिर्न पनि नसक्ने पनि कहाँ हुन्छ ? यो त हुनैं सक्दैंन । राज्यको सम्पत्ति कब्जा गरेर खान त पाईएन नि, उचित भाडा त तिर्न पर्यो नि । हङकङ बजार भनेको ब्राण्ड हो । ब्राण्डले गर्दा खेरी त्यहाँ बसेर व्यापार गर्नेलाई घाटा हुनै सक्दैंन ।’
पोखराका विभिन्न फुटपाथबाट विस्थापित गर्दै प्रहरी प्रशासन, पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ र तत्कालिन सात राजनीतिक दलका प्रमुखहरु मिलेर त्यहाँ राखिएका व्यापारीहरुको आन्दोलन र मागहरुप्रति आज सम्बन्धित निकाय वेखबर झैं बनिरहेका छन् । विगत ६ महिनादेखि चर्किएको यो आन्दोलनको सुनुवाई नहुने हो र त्यहाँबाट पनि विस्थापित भएर व्यवसायी पुनः फुटपाथमा आउनु पर्ने स्थिति सिर्जना भयो भने यसको जिम्मेवारी कसले लिने ? त्यसैले समयमा नैं साना व्यवसायीको मागको सम्बोधन जिम्मेवार निकायले गरोस् ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’: नितान्त किसान र साना व्यवसायीहरु आफैंले सरकारी जमिनमा संरचना बनाएर यसरी व्यापार गर्दै आएकोमा पछिल्लो समय बढेको चर्को भाडादरका कारण व्यवसायीहरु यसरी क्रमशः विस्थापित हुँदैं गईरहेका छन् । तस्विर: डन न्यूज

खुल्ला छ पोखरा हङकङ बजार : दशैं तथा तिहार लगायतको चाडपर्वको समयमा असाध्यैं भिडभाड हुने पोखरा हङकङ बजारमा आर्थिक मन्दीका कारण चहलपहल घटे पनि चाडवाडको रौनक भने छाएको देख्न सकिन्छ ।

पोखरा हङकङ बजारमा तरकारी व्यवसाय गर्दै व्यवसायीहरु ।

१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति