News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized क्राईम–न्यूज प्रमुख समाचार

सुन तस्कर अधिकारीको नेपालदेखि भारतसम्मका होटलमा लगानी

अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

प्रधानमन्त्रीबाटै संरक्षण हुन सक्ने खतरा, शक्तिकेन्द्रसँग ठुलो पहुँच, अधिकारी सधैं आकर्षक निकायमा बस्न सफल

काठमाडौं, ८ भदौं । ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई विभागबाट हटाइएको छ ।

सुन तस्करीका सरकारी माफिया महानिर्देशक अधिकारीको सुन तस्कर दावासँग ‘कनेक्सन’ र ‘डिल’ भएका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानबिन थाल्नुभएको हो । उहाँलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि दावाको कल डिटेल्सको आधारमा अधिकारीलाई विशेष निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको बताइएको छ । शक्ति केन्द्रसँग ठुलो पहुँच बनाएका अधिकारीमाथि निष्पक्ष छानबिन हुनेमा आशंका देखिएको छ ।

निजामती क्षेत्रमा शक्तिशाली सहसचिवको रूपमा चिनिने अधिकारीको सत्तानिकट विभिन्न शक्तिकेन्द्रसँग उनको नियमित उठबस हुने गरेको स्रोतको दाबी छ । अधिकारी अध्यागमन विभागको महानिर्देशक हुनुअघि राजस्व अनुसन्धान विभागमा पाँच महिना महानिर्देशकको रूपमा कार्यरत रहनुभएको थियो । राजस्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका उहाँको एकै पटक गृहमन्त्रालयमा सरुवा भएको थियो । गृहमा सरुवा भएलगत्तै उहाँले गृहअन्तर्गत रहेको र अत्यन्तै संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशक बन्न सफल हुनुभएको थियो । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेको अवस्थामा गत फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।

राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने– ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत उहाँले सहयोग गरेको देखिन्छ ।’ उहाँ पोखरा महानगरपालिकामा समेत दुईपटक प्रमुख प्रशासकीय अधिकृत भएर बस्नुभएको थियो । अत्यन्तै आकर्षक मानिएको ठुला करदाता कार्यालयमा समेत बसिसकेका अधिकारी अधिकृत हुँदा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा पनि बस्नुभएको थियो ।

अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने– ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत उहाँले सहयोग गरेको देखिन्छ ।’ उहाँ पोखरा महानगरपालिकामा समेत दुईपटक प्रमुख प्रशासकीय अधिकृत भएर बस्नुभएको थियो । अत्यन्तै आकर्षक मानिएको ठुला करदाता कार्यालयमा समेत बसिसकेका अधिकारी अधिकृत हुँदा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा पनि बस्नुभएको थियो ।

अधिकारी र दावा छिरिङबीच वीच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरू भएको तथ्यहरू सार्वजनिक भइसकेका छन् । सोही तथ्यका आधारमा सीआईबीले अधिकारीमाथि छानबिन गरिरहेको बताइएको छ । अधिकारी र दावाबीचको संवाद हेर्दा सुन तस्करी योजनाबद्ध रूपमा नै भएको देखिएको छ ।

महानिर्देशक अधिकारीले दावासँग करदाता कार्यालयमा बस्दादेखि नै गर्दै आइरहेको सेटिङ धन्दा राजस्व अनुसन्धान विभाग र अध्यागमन विभागको महानिर्देशक हुँदासम्म नै कायम राखेको बताइएको छ ।

सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी मात्रै भएको छैन, ठुलो व्यवसाय सञ्चालन गर्ने त्यसो गर्दा ठुलो रकम आउने कुरासमेत भएको देखिन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरू बरामद भएको थियो । स्रोतका अनुसार सीआईबीसँग फेला परेको प्रमाणमा महानिर्देशक अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेको समेत भेटिएको थियो ।

पोखरामा आत्तिए केही पत्रकार र नगरपालिकाका कर्मचारी पनि
सुन तस्कर अधिकारीको पर्दाफास भएसँगैं पोखराका केही पत्रकार, पोखरा महानगरपालिकाका केही कर्मचारी, टोले गुन्डा र पर्यटन व्यवसायीहरु अत्तालिएका छन् । सुन तस्कर अधिकारीको कालोधनबाट विभिन्न ठाउँमा लगानी गरेका यी पात्रहरु आफू पनि फस्ने डरले झलकरामको वचाउमा लागिरहेका छन् । तर यिनीहरुको अकुत सम्पत्तिको स्रोत तस्कर अधिकारी र केही नेताहरु नैं हुन् । जसको पर्दाफास केही समयपछि अवश्य पनि हुनेछ । सुन तस्कर अधिकारीको करोडौं पैसा केही मिडिया, होटल व्यवसाय, रात्रिकालिन धन्दा डिस्कोबार, जग्गा प्लटिङ र महल निर्माणमा पोखरामा रहेका छोटे तस्करहरुले प्रयोग गर्दै आईरहेका छन् ।

ड्रोनमार्फत ठुलो परिमाणको सुन भित्रिएको आशंका
सरकारका विभिन्न निकायको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा हङकङबाट नेपालमा १८ हजार ड्रोन भित्रिएको र सो ड्रोनभित्र सुन लुकाएर ल्याइएको हुन सक्ने आशंका गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले दुई वर्षमा हङकङबाट १८ हजार ड्रोन भित्रिएको र त्यसमा सुन ल्याइएको हुनसक्ने दाबी गरे । ती १८ हजार ड्रोन नेपालमा आयात भए पनि त्यसको प्रयोग हुन सकेको छैन । त्यसैले ड्रोनमार्फत ल्याइएको सुन सीधै भारततर्फ जाने गरेको स्रोतको दाबी छ । उक्त कार्यमा समेत अधिकारीले सहयोग गरेको हुन सक्ने दाबी सरकारी अधिकारीहरूको छ ।

महानिर्देशक अधिकारीले दावासँग करदाता कार्यालयमा बस्दादेखि नै गर्दै आइरहेको सेटिङ धन्दा राजस्व अनुसन्धान विभाग र अध्यागमन विभागको महानिर्देशक हुँदासम्म नै कायम राखेको बताइएको छ । स्रोतः नेपाल समाचारपत्र दैनिक