
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
प्रधानमन्त्रीबाटै संरक्षण हुन सक्ने खतरा, शक्तिकेन्द्रसँग ठुलो पहुँच, अधिकारी सधैं आकर्षक निकायमा बस्न सफल
काठमाडौं, ८ भदौं । ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई विभागबाट हटाइएको छ ।
सुन तस्करीका सरकारी माफिया महानिर्देशक अधिकारीको सुन तस्कर दावासँग ‘कनेक्सन’ र ‘डिल’ भएका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानबिन थाल्नुभएको हो । उहाँलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि दावाको कल डिटेल्सको आधारमा अधिकारीलाई विशेष निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको बताइएको छ । शक्ति केन्द्रसँग ठुलो पहुँच बनाएका अधिकारीमाथि निष्पक्ष छानबिन हुनेमा आशंका देखिएको छ ।
निजामती क्षेत्रमा शक्तिशाली सहसचिवको रूपमा चिनिने अधिकारीको सत्तानिकट विभिन्न शक्तिकेन्द्रसँग उनको नियमित उठबस हुने गरेको स्रोतको दाबी छ । अधिकारी अध्यागमन विभागको महानिर्देशक हुनुअघि राजस्व अनुसन्धान विभागमा पाँच महिना महानिर्देशकको रूपमा कार्यरत रहनुभएको थियो । राजस्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका उहाँको एकै पटक गृहमन्त्रालयमा सरुवा भएको थियो । गृहमा सरुवा भएलगत्तै उहाँले गृहअन्तर्गत रहेको र अत्यन्तै संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशक बन्न सफल हुनुभएको थियो । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेको अवस्थामा गत फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।
राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने– ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत उहाँले सहयोग गरेको देखिन्छ ।’ उहाँ पोखरा महानगरपालिकामा समेत दुईपटक प्रमुख प्रशासकीय अधिकृत भएर बस्नुभएको थियो । अत्यन्तै आकर्षक मानिएको ठुला करदाता कार्यालयमा समेत बसिसकेका अधिकारी अधिकृत हुँदा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा पनि बस्नुभएको थियो ।
अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने– ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत उहाँले सहयोग गरेको देखिन्छ ।’ उहाँ पोखरा महानगरपालिकामा समेत दुईपटक प्रमुख प्रशासकीय अधिकृत भएर बस्नुभएको थियो । अत्यन्तै आकर्षक मानिएको ठुला करदाता कार्यालयमा समेत बसिसकेका अधिकारी अधिकृत हुँदा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा पनि बस्नुभएको थियो ।
अधिकारी र दावा छिरिङबीच वीच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरू भएको तथ्यहरू सार्वजनिक भइसकेका छन् । सोही तथ्यका आधारमा सीआईबीले अधिकारीमाथि छानबिन गरिरहेको बताइएको छ । अधिकारी र दावाबीचको संवाद हेर्दा सुन तस्करी योजनाबद्ध रूपमा नै भएको देखिएको छ ।
महानिर्देशक अधिकारीले दावासँग करदाता कार्यालयमा बस्दादेखि नै गर्दै आइरहेको सेटिङ धन्दा राजस्व अनुसन्धान विभाग र अध्यागमन विभागको महानिर्देशक हुँदासम्म नै कायम राखेको बताइएको छ ।
सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी मात्रै भएको छैन, ठुलो व्यवसाय सञ्चालन गर्ने त्यसो गर्दा ठुलो रकम आउने कुरासमेत भएको देखिन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरू बरामद भएको थियो । स्रोतका अनुसार सीआईबीसँग फेला परेको प्रमाणमा महानिर्देशक अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेको समेत भेटिएको थियो ।
पोखरामा आत्तिए केही पत्रकार र नगरपालिकाका कर्मचारी पनि
सुन तस्कर अधिकारीको पर्दाफास भएसँगैं पोखराका केही पत्रकार, पोखरा महानगरपालिकाका केही कर्मचारी, टोले गुन्डा र पर्यटन व्यवसायीहरु अत्तालिएका छन् । सुन तस्कर अधिकारीको कालोधनबाट विभिन्न ठाउँमा लगानी गरेका यी पात्रहरु आफू पनि फस्ने डरले झलकरामको वचाउमा लागिरहेका छन् । तर यिनीहरुको अकुत सम्पत्तिको स्रोत तस्कर अधिकारी र केही नेताहरु नैं हुन् । जसको पर्दाफास केही समयपछि अवश्य पनि हुनेछ । सुन तस्कर अधिकारीको करोडौं पैसा केही मिडिया, होटल व्यवसाय, रात्रिकालिन धन्दा डिस्कोबार, जग्गा प्लटिङ र महल निर्माणमा पोखरामा रहेका छोटे तस्करहरुले प्रयोग गर्दै आईरहेका छन् ।
ड्रोनमार्फत ठुलो परिमाणको सुन भित्रिएको आशंका
सरकारका विभिन्न निकायको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा हङकङबाट नेपालमा १८ हजार ड्रोन भित्रिएको र सो ड्रोनभित्र सुन लुकाएर ल्याइएको हुन सक्ने आशंका गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले दुई वर्षमा हङकङबाट १८ हजार ड्रोन भित्रिएको र त्यसमा सुन ल्याइएको हुनसक्ने दाबी गरे । ती १८ हजार ड्रोन नेपालमा आयात भए पनि त्यसको प्रयोग हुन सकेको छैन । त्यसैले ड्रोनमार्फत ल्याइएको सुन सीधै भारततर्फ जाने गरेको स्रोतको दाबी छ । उक्त कार्यमा समेत अधिकारीले सहयोग गरेको हुन सक्ने दाबी सरकारी अधिकारीहरूको छ ।
महानिर्देशक अधिकारीले दावासँग करदाता कार्यालयमा बस्दादेखि नै गर्दै आइरहेको सेटिङ धन्दा राजस्व अनुसन्धान विभाग र अध्यागमन विभागको महानिर्देशक हुँदासम्म नै कायम राखेको बताइएको छ । स्रोतः नेपाल समाचारपत्र दैनिक
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन