
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पर्वत, १७ असार । पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । दलित परिवारको अर्थावस्था सुधार गर्न तथा उनीहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले दलित परिवारले पालेका सबै पशुको बीमाको लागि रु आठ लाख विनियोजन गरिएको पालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिनुभयो ।
दलित परिवारलाई व्यावसायिकरूपमा पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले पनि यो कार्यक्रम गरिएको हो । यहाँका छवटै वडामा दलित समुदायको बाहुल्यता रहेको छ । तर उनीहरूले अहिलेसम्म निर्वाहमुखीरूपमा गाईभैँसी पाल्दै आएका छन् । यो कार्यक्रमले उनीहरूलाई व्यावासयिकरूपमा पशु पाल्न प्रेरित गर्नेे गाउँपालिकाका अध्यक्ष भुसालको विश्वास छ ।
त्यसैगरी पशुपालनको क्षेत्रमा कृषकलाई थप प्रोत्साहन गर्न, पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्न र लिमे पारकोटे पाडापाडी संरक्षण होस् भनेर प्रत्येक सुत्केरी भैँसीका लागि रु पाँच सयका दरमा ‘भैँसी सुत्केरी कार्यक्रम’ सञ्चालन गर्नका लागि पनि बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले विगतका वर्षमा सञ्चालन गर्दै आएका धेरै कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘महाशिलाको सरोकारः एक घर एक रोजगार’ भन्ने मूल नाराका साथ सुरु भएको महाशिला विकास स्वयंसेवक कार्यक्रमलाई अझै प्रभावकारीरूपमा सञ्चालन रु दुई करोड २६ लाख ३८ हजार सात सय विनियोजन भएको छ ।
विदेशमा रहेका र सहरमा रहेका युवालाई गाउँ फर्की उद्यमी बन्न प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँमा उद्यम घरमै रोजगारीः घर फर्क प्यारा प्यारी’ कार्यक्रमअन्तर्गत ब्याज अनुदानका लागि आवश्यक रकम विनियोजन गरेको गाउँपालिकाले बताएको छ । ‘घर फर्क प्यारा–प्यारी अभियान र बसाइँ फर्क अभियान’ अन्तर्गत बैंक ब्याज र खाद्यान्न अनुदान साझेदारीका लागि रु पाँच लाख छुट्याइएको छ ।
यस्तै गाउँपालिकाका सबै विद्यालयमा अङ्ग्रेजी पाठ्यपुस्तक अनुदान, विद्यालय सुशासन प्रवर्द्धन, अभिभावक शिक्षा, होमवर्क डायरी, पढ्दै कमाउँदै अभियान, प्रधानाध्यापकलाई प्रोत्साहन, अध्यक्ष असहाय बालबालिका छात्रवृत्ति कल्याणकारी कोष, आवासीय विद्यालय सञ्चालनका लागि पनि बजेट दिइने भनिएको छ । यस्तै प्राविधिक धारमा स्नातक तह अध्ययनका लागि गाउँपालिकाका चार जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रु एक लाख सहायता दिने कार्यक्रम पनि गाउँपालिकाले घोषणा गरेको छ ।
गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, गाउँपालिकालाई ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी महिलाको स्वास्थ्य अवस्थाको सुधारका लागि स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी महिलालाई कुखुरा वा घिउसहित घरमा भेट्न जाने उद्देश्यले ‘अध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम’ सञ्चालन गर्ने जनाएको छ ।
गाउँपालिकाले सुत्केरी अवस्थामा रहेका तथा किरियामा रहेकाहरूलाई लक्षित गरेर ‘कुनाबाट कोरासम्म’ कार्यक्रमका लागि पनि आवश्यक रकम विनियोजन गरेको बताएको छ । बजेट वक्तव्यमा हरेक दुई महिनामा दीर्घरोगी र वृद्धहरूलाई घर–घरमै गएर निःशुल्क उपचार गर्ने तथा मधुमेह र उच्च रक्तचापको निःशुल्क परीक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको पनि गाउँपालिकाले बताएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी