
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पर्वत, १७ असार । पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । दलित परिवारको अर्थावस्था सुधार गर्न तथा उनीहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले दलित परिवारले पालेका सबै पशुको बीमाको लागि रु आठ लाख विनियोजन गरिएको पालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिनुभयो ।
दलित परिवारलाई व्यावसायिकरूपमा पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले पनि यो कार्यक्रम गरिएको हो । यहाँका छवटै वडामा दलित समुदायको बाहुल्यता रहेको छ । तर उनीहरूले अहिलेसम्म निर्वाहमुखीरूपमा गाईभैँसी पाल्दै आएका छन् । यो कार्यक्रमले उनीहरूलाई व्यावासयिकरूपमा पशु पाल्न प्रेरित गर्नेे गाउँपालिकाका अध्यक्ष भुसालको विश्वास छ ।
त्यसैगरी पशुपालनको क्षेत्रमा कृषकलाई थप प्रोत्साहन गर्न, पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्न र लिमे पारकोटे पाडापाडी संरक्षण होस् भनेर प्रत्येक सुत्केरी भैँसीका लागि रु पाँच सयका दरमा ‘भैँसी सुत्केरी कार्यक्रम’ सञ्चालन गर्नका लागि पनि बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले विगतका वर्षमा सञ्चालन गर्दै आएका धेरै कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘महाशिलाको सरोकारः एक घर एक रोजगार’ भन्ने मूल नाराका साथ सुरु भएको महाशिला विकास स्वयंसेवक कार्यक्रमलाई अझै प्रभावकारीरूपमा सञ्चालन रु दुई करोड २६ लाख ३८ हजार सात सय विनियोजन भएको छ ।
विदेशमा रहेका र सहरमा रहेका युवालाई गाउँ फर्की उद्यमी बन्न प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँमा उद्यम घरमै रोजगारीः घर फर्क प्यारा प्यारी’ कार्यक्रमअन्तर्गत ब्याज अनुदानका लागि आवश्यक रकम विनियोजन गरेको गाउँपालिकाले बताएको छ । ‘घर फर्क प्यारा–प्यारी अभियान र बसाइँ फर्क अभियान’ अन्तर्गत बैंक ब्याज र खाद्यान्न अनुदान साझेदारीका लागि रु पाँच लाख छुट्याइएको छ ।
यस्तै गाउँपालिकाका सबै विद्यालयमा अङ्ग्रेजी पाठ्यपुस्तक अनुदान, विद्यालय सुशासन प्रवर्द्धन, अभिभावक शिक्षा, होमवर्क डायरी, पढ्दै कमाउँदै अभियान, प्रधानाध्यापकलाई प्रोत्साहन, अध्यक्ष असहाय बालबालिका छात्रवृत्ति कल्याणकारी कोष, आवासीय विद्यालय सञ्चालनका लागि पनि बजेट दिइने भनिएको छ । यस्तै प्राविधिक धारमा स्नातक तह अध्ययनका लागि गाउँपालिकाका चार जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रु एक लाख सहायता दिने कार्यक्रम पनि गाउँपालिकाले घोषणा गरेको छ ।
गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, गाउँपालिकालाई ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी महिलाको स्वास्थ्य अवस्थाको सुधारका लागि स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी महिलालाई कुखुरा वा घिउसहित घरमा भेट्न जाने उद्देश्यले ‘अध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम’ सञ्चालन गर्ने जनाएको छ ।
गाउँपालिकाले सुत्केरी अवस्थामा रहेका तथा किरियामा रहेकाहरूलाई लक्षित गरेर ‘कुनाबाट कोरासम्म’ कार्यक्रमका लागि पनि आवश्यक रकम विनियोजन गरेको बताएको छ । बजेट वक्तव्यमा हरेक दुई महिनामा दीर्घरोगी र वृद्धहरूलाई घर–घरमै गएर निःशुल्क उपचार गर्ने तथा मधुमेह र उच्च रक्तचापको निःशुल्क परीक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको पनि गाउँपालिकाले बताएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ