
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १४ असार । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।
महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।
महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थामा रोग लाग्नबाट बचाउन निदानात्मक सेवा सञ्चालन भइरहेको र आगामी आव जनसङ्ख्या तथा भूगोलका आधारमा छनोट भएका विभिन्न चार स्वास्थ्य संस्थामा यस्तो सेवा प्रवाह गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
करिब ९८ प्रकारका निःशुल्क औषधि वितरणका लागि महानगरपालिकाले औषधि खरिद तथा आपूर्ति गर्दै आइरहेको र अत्यावश्यक औषधि नियमित आपूर्तिको सुनिश्चितता गर्न पर्याप्त बजेट विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ ।
महिलाका लागि स्वास्थ्य जोखिम मानिएको प्रजनन स्वास्थ्य, आङ खस्ने समस्या, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन तथा आमा एवं शिशुका लागि पोषण व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
सहरी क्षेत्रमा नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दो रहेको यस्तो प्रकोप जोखिम न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ ।
नेपाल सरकारले तोकेको मापदण्डबमोजिम विभिन्न स्वास्थ्य संस्थासम्बन्धी पूर्वाधार निर्माणलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ । महानगरको एकमात्र शिशु अस्पतालमा विशेषज्ञ सेवा थप गर्न र मिर्गौला रोगको डायलायसिस सेवा आरम्भ गर्न रु एक करोड एवं कोभिड–१९ लगायत सरुवा रोग, महामारी नियन्त्रण, विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।
महानगरपालिकाको समग्र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न र जनस्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्न सङ्घीय कार्यक्रमसहित कुल रु ३५ करोड ५६ लाख बजेट प्रस्ताव गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।