
१प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
३‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
४कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
५हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
सानेबहादुर नेपाली र मिला दरै, तनहुँ, १२ असार । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले सुनाउनुभयो ।
कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब नौ हजार पाँच सय बिरुवा रोपिएको थियो । जसबाट वार्षिक १० हजार केजी अङ्गुर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
वाइन उत्पादन गर्ने उद्देश्यसहित स्वीट्जरल्याण्डबाट विरुवा ल्याइ व्यावसायिक अङ्गुर खेती सुरु गरिएको ‘भाइन यार्ड एण्ड रिसर्च सेन्टर’का सञ्चालक समेत रहनुभएका कार्कीले बताउनुभयो । “हामीले यहाँ पहिलो वर्ष लार्भाको समस्या भोगेका थियौं । यसवर्ष भने पूर्वतयारीका साथ खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो भइरहेको छ”, कार्की भन्नुभयो ।
कार्कीले धादिङको थाक्रे गाउँपालिका–१० जुङे खोला केवलपुरमा पनि विगत १५ वर्षयता एक सय ५० रोपनी क्षेत्रफलमा अङ्गुर खेती गर्दै आउनुभएको छ । वाइनका लागि थप अङ्गुर आवश्यक भएपछि तनहुँको बाह्रबीसेमा दुई वर्षयता ७० रोपनी बाँझो जमिनमा अङ्गुर खेती सुरु गरिएको उहाँको भनाइ छ ।
कार्कीका अनुसार हाल विभिन्न ३२ प्रजातिका अङ्गुर खेती गरिए पनि केही प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिइरहेका छन् । “स्वीट्जरल्याण्डबाट रु सातसयदेखि रु एक हजारसम्म खर्चेर ३२ प्रजातिका विरुवा ल्याएका थियौँ, यद्यपि हाल आठदेखि दश प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिएका छन्”, उहाँले भन्नुभयो ।
बिरुवा लगाएको पहिलो वर्षमा नै अङ्गुरले फल दिन सुरु गरेको उहाँको भनाइ छ । उहाँका अनुसार धादिङको फार्ममा रु ३८ करोड ५० लाख र तनहुँमा रु एक करोड ५० लाख गरी रु ४० करोड लगानी भइसकेको छ ।
“हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन क्षमता छ, यसले पनि अङ्गुर खेतीलाई प्रोत्साहन गरेको छ”, उहाँले भन्नुभयो, “वाइनको माग राम्रो भएकाले अङ्गुर उत्पादन खपतको चिन्ता छैन ।” उहाँका अनुसार कम्पनीले ७५० एमएलको बोतल तीन प्रकारका वाइन उत्पादन भइरहेको छ । जसलाई बजारमा प्रतिबोतल रु एक हजार दुई सयमा बिक्री गरिरहेको कार्कीको भनाइ छ ।
कार्कीको फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायतका प्रकारको अङ्गुर उत्पादन भइरहेको छ ।
“विरुवा रोपेको एक वर्षमै फल दिन सुरु भइसकेको छ, पहिलो वर्ष प्रतिबोट तीनदेखि चार केजीसम्म अङ्गुर उत्पादन हुने अनुमान छ”, फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले भन्नुभयो, “अङ्गुरको बोटमा चैत÷वैशाखमा फूल फुल्छ भने त्यसपछि तीनमहिनामा फल टिप्ने खालको हुन्छ ।” । फागुनदेखि फूल खेल्ने र असारको पहिलो सातासम्म फल टिप्न सकिने तामाङको भनाइ छ ।
फार्ममा दैनिक ज्यालादारीमा मासिक १२ देखि १५ जनाले स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विशेष गरी फार्ममा घाँस कटाई, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय कामबाट स्थानीय रोजगारी पाएको र राम्रो आम्दानीको स्रोत समेत बनेको तामाङको भनाइ छ ।
नेपालमा अङ्गुर खेती सफल हुँदैन भन्ने भ्रमलाई चिर्न आफूहरु सफल भएको सञ्चालक कार्कीको भनाइ छ । प्राविधिकको अध्ययनपश्चात नै यहाँ अङ्गुर खेती सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्षक अन्तर्गत १२ वटा फार्ममा पर्न सफल भइ रु ५५ लाख अनुदान समेत प्राप्त भइसकेको कार्कीले सुनाउनुभयो ।
घिरिङको माटोमा अङ्गुर उत्पादन राम्रो हुने भएपछि यहाँका किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताउनुभयो । “यहाँको मौसम र माटोले अङ्गुर खेती उपयुक्त मानिएको छ”, उहाँले भन्नुभयो । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !