
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
काठमाडौँ, ६ असार । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास, काठमाडौँले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रङ्गशालामा एक सार्वजनिक योग कार्यक्रमको आयोजना गरिएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘वसुधैव कुटुम्बकमका लागि योग’ अर्थात् “एक विश्व एक परिवार सबैको कल्याणका लागि योग” रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र सो क्षेत्रका दुई हजारभन्दा बढी योग पारखीको सो कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रममा मन्त्री किरातीले मानव जातिको कल्याणका लागि योगलाई विश्वले नै साझा सम्पत्तिका रुपमा अपनाएको र यो लोकप्रिय हुँदै गइरहेको बताउनुभयो । उहाँले हरेक वर्ष हिमाल अग्लिए जस्तै भारत–नेपालको सम्बन्धले पनि नयाँ उचाइ हासिल गरिरहेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणले यस सम्बन्धमा नयाँ कोसेढुङ्गा कायम गरेको मन्त्री किरातीले बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरालाई रोजेकामा भारतीय राजदूतावासलाई धन्यवाद दिनुभयो । उहाँले सारा विश्वले योगलाई मानसिक शान्ति, खुसी र मानवजगतको शान्तिको माध्यमका रुपमा स्वीकारेको बताउनुभयो । दर्शन, सभ्यता र संस्कृतिले भारत–नेपाल सम्बन्धलाई सदियौँदेखि परिभाषित गरेको उल्लेख गर्दै उहाँले पोखरामा रहेका महत्वपूर्ण धार्मिक क्षेत्र योग अभ्यासका लागि केन्द्र बन्नसक्ने बताउनुभयो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हरेक वर्ष पोखरामा जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस भव्यसँग मनाउन दूतावासले गण्डकी प्रदेश सरकार, पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकासँग सहकार्य गर्ने बताउनुभयो ।
पोखरा महानगरपालिकाले सबैभन्दा बढी पोखरा आउने पर्यटक भारतीय रहेको जानकारी आफूलाई दिएको उहाँले बताउनुभयो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदा योग केन्द्रित पर्यटनलाई अझ प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा विश्वका नेताहरुसँग यो उत्सव मनाउने पनि राजदूत श्रीवास्तवले जानकारी गराउनुभयो ।
पोखरामा आयोजित अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम जारी ‘इण्डिया आजादीका अमृत महोत्सव’ अन्तर्गतको उत्सव कार्यक्रममध्येको एक हो । सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभामा एक सय ७५ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात् सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी