
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गण्डकी, ६ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हालै भएको नेपाली संसदीय प्रतिनिधिमण्डलको चीन भ्रमण फलदायी भएको जानकारी दिनुभएको छ । चीनको छेन्दु – तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएका उहाँले पत्रकार सम्मेलनमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाएको बताउनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुनु पोखरेली र समग्र नेपालीका लागि खुसी र गर्वको विषय भएको जनाउँदै उहाँले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गराउनेतर्फ सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बत्मा पाँचौँ पर्यटन सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा आमन्त्रण भई आफूहरू त्यसतर्फ गएको जानकारी दिँदै उहाँले उक्त क्रममा चीनको उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट भएको बताउनुभयो । सङ्घीय ससंद्का पदाधिकारी र सदस्यसहित दुईजना संसद् सचिवालयका कर्मचारी सहभागी नौ सदस्यीय प्रतिनिधिमण्डल गत जेठ २७ गते रातिको उडानबाट गोन्जाओ हुँदै बेइजिङ पुगिएको उहाँले जानकारी दिनुभयो ।
बेइजिङमा महत्वपूर्ण भेटवार्ता गरी त्यहाँबाट साङ्घाई र फर्किएर तिब्बत् आएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।त्यहाँबाट बसाइँमा नेपाल र चीनबीचका दुईपक्षीय सम्बन्धसँगै व्यापारिक, व्यावसायिक र आर्थिक सम्बन्ध विकासका लागि महत्वपूर्ण छलफल गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष, चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष, साङ्घाइको नगरपालिका सचिव, तिब्बत्को स्वसाशित क्षेत्रको चिनियाँ कम्युनिष्ट पार्टीको सचिवलगायतसँग भेटवार्ता भएको थियो ।
भेटघाटमा दुबै देशमा उत्कृष्ट संसदीय अभ्यासका अनुभव आदानप्रदान, नयाँ प्रविधिको ज्ञान आदिका साथै कोभिडका कारण लामो समयदेखि स्थगित भएका दुई देशका सांसदको भ्रमण, संसद्का कर्मचारीको क्षमता अभिवृद्धिको तालिमलाई आगामी दिनमा अगाडि बढाउने र नियमित गर्ने गरी छलफल भएको उहाँले बताउनुभयो ।
नेपाल र चीनबीच व्यापारिक सम्बन्ध धेरै पुरानो र ऐतिहासिक रहेको बताउँदै अध्यक्ष तिमल्सिनाले यस्तो सम्बन्धकाबीच पनि हामी व्यापार घाटामा रहेको बताउनुभयो ।
व्यापार घाटालाई कम गर्ने सन्दर्भमा नेपालबाट कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन कसरी बढीभन्दा बढी निर्यात गर्न सकिन्छ त्यसबारे छलफल गरिएको उहाँले बताउनुभयो । खासगरी अमिलो जातका फलफूलको नेपालले निर्यात गर्न सकिने वातावरण रहेको र राँगाको तथा बङ्गुरको मासु निर्यात गर्न सकिने गरी चीनमा माग प्रसस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
तिब्बत्मा सुख्खा पठार रहेका कारण घाँस उत्पादन हुननसक्ने भएकोले घाँसलाई निर्यात गरेर व्यापार घाटालाई कम गरी आर्थिक लाभ हासिल गर्न सकिने सम्बन्धमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले सो अवसरमा जानकारी दिनुभयो । नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थल सबैको आ–आफ्नै महत्व रहेको र यी विमानस्थलमा चीनजानका विभिन्न सहर तथा प्रान्तबाट उडान गराउन आफूहरूले प्रस्ताव गरेको उहाँले बताउनुभयो ।
चीनबाट चाटर्ड उडानमार्फत पोखरा विमानस्थल आउनु महत्वपूर्ण सुरुवात भएको उहाँको भनाइ छ । तिब्बत्बाट पनि सिधा उडान गराउन भनिएको र अहिले तिब्बत्बाट अन्तर्राष्ट्रिय उडान नभएको उल्लेख गर्दै उहाँले त्यहाँबाट भविष्यमा अन्तर्राष्ट्रिय उडान गराउने सम्बन्धमा पनि छलफल भएको बताउनुभयो ।
ऊर्जाको कनेक्टिभिटि बढाउनको लागि रातमाटेबाट केरुङ ४०० केभि प्रशारण लाइनलाई निर्माण अघि बढाउने लगायत अरु कनेक्टिभिटका कामलाई अघि बढाउने कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । “हाल चीनसँगका तीनवटा नाका सञ्चालनमा आएको अवस्थामा अन्य पूर्वदेखि पश्चिमका विभिन्न नाका सञ्चालन गर्ने, कोरला नाकामा पूर्वाधारको काममा सघाउने लगायतका कुरा पनि भएका छन् । तिनलाई क्रमशः अघि लाने कुरा भएको छ ।”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश र तिब्बत् स्वसाशित क्षेत्र बीचमा भगिनी सम्बन्ध कायम गर्ने, पोखरा महानगर र साङघाई महानगरबीच भगिनीसम्बन्ध कायम गरी दुईपक्षीय सम्बन्ध अघि बढाउने कुरा भएको बताउँदै उहाँले विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्ने कुरा भएको जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री र राष्ट्रपति भ्रमणमा भएका कुरालाई कार्यान्वयन गर्दै जाने कुराकानी भएको उल्लेख गर्दै उहाँले भ्रमण अत्यन्त सौहार्दपूर्ण र फलदायी भएको जानकारी दिनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने