
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताउनुभएको छ । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।”
उहाँले मगरलगायत अरु आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने बताउनुभयो ।
“जनगणना सार्वजनिक गर्ने क्रममा मगर जातिलाई फुटाइएको भन्ने गुनासो आदिवासी जनजाति महासङ्घका तर्फबाट पनि आएको छ, पुनमगर मगर होइनन् भन्ने किसिमबाट जनगणनाको तथ्याङ्क सार्वजनिक भयो भन्ने मलाई थाहा थिएन”, उहाँले भन्नुभयो, “महासङ्घले मलाई जानकारी दिएपछि मैले भनिसकेको छु । केन्द्रीय तथ्याङ्क कार्यालयका प्रमुख विदेश भ्रमणमा भएकाले उहाँ स्वदेश फर्किएपछि त्यसलाई स्पष्ट गर्ने र सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सबै जातजातिमध्ये मगर समुदायमा विचार, नेतृत्व र नेताको रक्षामा प्रतिबद्ध पाइएको भन्दै प्रधानमन्त्री दाहालले मगर समुदायको व्यक्तिलाई राष्ट्रकै सम्मानित पद उपराष्ट्रपति र सभामुख बनाइएको बताउनुभयो । नेपाल बहुजातीय, बहुभाषिक, विभिन्न सांस्कृतिक विविधता भएको उल्लेख गर्दै उहाँले यो ऐतिहासिक विरासत नेपालको विशिष्ट पहिचानका रूपमा रहेको बताउनुभयो ।
आदिवासी सबै प्रकृतिको पूजा गर्ने संस्कृतिबाट विकास हुँदै आएको इतिहास रहेको जनाउँदै उहाँले प्रकृतिको संरक्षण गर्ने कुरा सम्पूर्ण मानव जातिको संरक्षण गर्नेमा निहित छ भन्नुभयो । “जातजाति, भाषाभाषी, वर्ग, समुदाय सबैको पनि हित यसैमा छ । यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्दै प्रकृतिलाई विनाश हुन नदिने अनावृष्टि, अतिवृद्धि, खण्डवृष्टि हुन नपाओस्, जलवायुको संरक्षण गर्ने कुरासँग पनि यो पर्व सम्बन्धित छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रकृतिका संरक्षण, सम्मान र संवर्द्धन गर्ने पर्वका रूपमा भूमेपर्व रहेको उल्लेख गर्दै उहाँले यसपर्व मावन जातिकै हितसँग सम्बन्धित भएको बताउनुभयो । “सिङ्गो मानव समुदायलाई राम्रो बनाउने उद्देश्यद्वारा यस पर्व प्रेरित छ”, उहाँले भन्नुभयो । उहाँले मगर समुदायका साथै सबै आदिवासी जनजाति, भाषाभाषी नेपालीमा शुभकामना व्यक्त गर्नुभयो ।
सो समारोहमा राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले देशभरका मगरहरूको एकता आवश्यक रहेको बताउनुभयो । पुन समाज नेपालका संरक्षक एवं पूर्वमन्त्री उत्तम पुनले मगर जातिको तथ्याङ्कलाई सच्याउन तथ्याङ्क कार्यालयसँग आग्रह गर्नुभयो । सो अवसरमा मगरजातिका सांस्कृतिक,सामाजिक झाँकी प्रदर्शनी गरिएको थियो । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप