
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ, ३० जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै मन्त्री ज्वालाले जनसरोकारका विषयमा हुने ढिलासुस्ती, आर्थिक अनियमिततासँग सम्बन्धित रहेकाले त्यसको न्यूनीकरण गरी सुशासन कायम गर्न सकिने बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रुपमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत तथा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिँदै समाजवादी अर्थव्यवस्थाले नागरिकलाई सामाजिक न्याय, समानता र आत्मनिर्भरको अवसर प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।
मन्त्री ज्वालाले गुटबन्दीको अन्त्य गर्न आग्रह गर्नुभयो । पार्टीका नीति तथा कार्यक्रमलाई पनि प्राथमिकता दिएर विचार, सिद्धान्त र निर्णय सम्प्रेषण गर्न उहाँले सुझाव दिनुभयो ।
सङ्गठनका नवनिर्वाचित अध्यक्ष विश्वमणि सुवेदीले समाजवादी प्रेस सङ्गठन सधँैभरि श्रमजीवी पत्रकारका पक्षमा रहेको र यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सङ्गठनको यही जेठ २६ र २७ गते काठमाडौँमा आयोजित प्रथम अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका पदाधिकारीलगायत उपस्थित थिए । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप