
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
तनहुँ, २९ जेठ । हङ्कङमा रहेका तनहुँवासीको मुठीदानबाटै यहाँकोे शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा हालसम्म करिब रु ६० लाख खर्च भइसकेको छ । हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई २०५६ सालमा ‘तनहुँ सेवा समाज हङ्कङ’ स्थापना गरेपछि यहाँको सामाजिक तथा परोपकारी काममा आर्थिक सहयोग हुँदै आएको हो । यस संस्थाले हालसम्म तनहुँमा करिब ६० लाख खर्च गरिसकेको उक्त संस्थाका पूर्वअध्यक्ष भीमराज गुरुङले बताउनुभयो ।
उक्त रकम जुटाउन सो संस्थामा आवद्ध ५७ जनाको मुठीदान नै मुख्य रहेको उहाँले जानकारी दिनुभयो । आफूहरुले २०७० सालमा हङ्कङमा बाराही साँझ नाम दिएर सांस्कृतिक कार्यक्रम गरेपछि बचत भएको करिब रु पाँच लाखबाट समाज सेवा अभियान थालिएको अध्यक्ष गुरुङको भनाइ थियो ।
“हामीले करिब १० वर्षको अवधिमा तनहुँमा मात्रै करिब रु ५५/६० लाख खर्च गरिसकेका रहेछौंँ,” पूर्वअध्यक्ष गुरुङले भन्नुभयो, “समाज सेवाबाट पाइने हौसला र आत्मसन्तुष्टिले नै यतिका काम गर्न सकेका हौँ ।समाजले तनहुँको छाब्दी बाराही र ढोर बाराही मन्दिरमा करिब रु २५÷२५ हजारको एक÷एकवटा घण्टा राखेर समाज सेवा थालेको थियो ।”
थप्रेक, क्यामिन कोटथोक र सारडाँडा भीमाद खानेपानी योजनाका लागि करिब रु एघार लाख, भूकम्पले क्षति पुगेका एक मदरसा र २३ विद्यालयलाई रु १३ लाख, जिल्लामा बहुअपाङ्गता भएका १० विद्यालयका विद्यार्थीलाई लत्ताकपडाको लागि सात वर्षसम्म आर्थिक सहयोग, २०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा रु तीन लाख ५० हजार, कोरानाको महामारीमा जिल्लाको दसवटै पालिकामा रु १५/१५ हजार बराबरको पञ्जा र सेनिटाइजर, व्यास १० मा बन्दै गरेको कोभिड अस्पताललाई रु एक लाख ५० हजार, पत्रकार महासङ्घ नेपाल तनहुँ शाखा भवन निर्माणका लागि रु ७० हजार उपलब्ध गराइएको थियो ।
यसैगरी आठ मिर्गाैलापीडित, एक मुटु रोगी, एक करेन्टले हात गुमाएका व्यक्ति, पहिरोमा घर बगाएको एक परिवार र एक क्यान्सर पीडित गरी १२ जनालाई करिब रु १५ लाख उपलब्ध गराउनाका साथै ग्रामीण विकासमा कलम चलाउने सात मोफसलका पत्रकारलाई पुरस्कारस्वरुप रु ७० हजार गरी करिब रु ६० लाख खर्च गरिएको थियो ।
समाज सेवामा आफूहरु अग्रसर भएपछि तनहुँवासीको हेर्ने दृष्टिकोण समेत सकारात्मक भएको आफूले पाएको उहाँले बताउनुभयो । गत वैशाखदेखि रक्त क्यान्सरले थलिएर महँगो उपचार गराउँदै आएको आफूलाई रकम अभाव भएपछि उक्त समाजमार्फत उपचारको लागि रु तीन लाख ७५ हजार प्राप्त भएकोले हौसला मिलेको भानु १३ पोखरीछापकी ४३ वर्षीया जमुना गुरुङले बताउनुभयो ।
हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई तनहुँको विकास, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा खटिनुले सकारात्मक सन्देश प्रवाह भएको तनहुँ समाज हङ्कङका जनसम्पर्क संयोजक प्रदीप काफ्लेले बताउनुभयो । अन्य देशमा रहेका तनहुँवासीले समेत तनहुँ समाज हङ्कङको अनुकरण गरे तनहुँको विकासमा टेवापुग्ने उहाँको भनाइ थियो । आफूहरु जन्मिएको क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले सहयोगमा जुटेको उक्त समाज हङ्कङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !