
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
खेमराज गौतम, गलकोट, २७ जेठ । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरको दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । दुई सय घरपरिवार रहेको एउटै गाउँमा नेता तथा सरोकारवाला खानेपानीको सपना बाँड्दै चुनावका लागि मात्रै पुग्ने गर्दछन् ।
निर्वाचनको समयमा खानेपानीको आश्वासन बाँड्न दलित बस्तीमा पुग्ने नेता त्यसपछि फर्केर जाँदैनन् । देशमा सङ्घीयता आएसँगै खानेपानी आउने सपना बोकेका स्थानीय दलित समुदायले सात वर्षसम्म पानी ल्याउन नसकेको गुनासो गरेका छन् ।
बागलुङ–८ सिगाना लामाचौर दलित बस्तीमा वर्षांैदेखि खानेपानीको चरम सङ्कट भए पनि हालसम्म उक्त सङ्कट टार्न सकिएको छैन । निर्वाचनताका मात्रै खानेपानीको नारा घन्किने दलित समुदायमा हालसम्म पानी आउन सकेको छैन । चुनावमा भोट बैंकका रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत जित्दै आए पनि चुनावताको समयमा गरिएको खानेपानी पु¥याउने वाचा भने अझै पूरा हुन सकेको छैन ।
सो नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशकभन्दा बढी समय बित्दासमेत पूरा हुन नसकेको हो । खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुल जस्तै बन्दै आएको स्थानीय विष्णु परियारले बताउनुभयो ।
“चुनावमा मात्रै नेता खानेपानीको सपना बोकेरे आउँछन्, अहिलेसम्म धारा बन्न सकेन, पहिलाका सांसद र नगरप्रमुखले लिफ्ट आयोजना थाले अहिलेकाले अर्को खानेपानी योजना ल्याएका छन् रे तर जसले जे लिए पनि अहिलेसम्म पानी आउन सकेन”, परियारले भन्नुभयो, “खानेपानी गाउँमै एउटा धारामा आउँछ भने अर्को बस्ती मुनिको मुलबाट ल्याउँछौँ, बिहान खानेपानी बोक्दै बित्छ, यस्तो दुर्दशा कहिलेसम्म रहला कुन्नी ?”
उक्त गाउँमा शतप्रतिशत दलित समुदाय मात्रै बसोबास गर्दै आएका छन् । विसं २०५० भन्दाअघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ । दुई सय घर परिवारमा जम्मा छ वटामात्रै सामुदायिक धारा छन् । त्यसमध्ये एउटा धारामा मात्रै पानी आउने गरेको स्थानीय विष्णु परियारले जानकारी दिनुभयो ।
रेशको बौरमुनिबाट ल्याइएको खानेपानी अहिले मर्मतसम्भारसमेत नहुँदा मुहान सुक्दै गएको छ भने उपल्लो लामीचौरमा पानीको सदुपयोग नहुँदा दलित बस्तीमा खानेपानी पुग्न नसकेको हो । करिब २० वर्षदेखि खानेपानीका विषयमा दलित बस्ती च्यापिएको र थिचिएको महसुस भएको स्थानीय तथा पत्रकार सज्जनकुमारसिंह विश्वकर्माले बताउनुभयो । विभिन्न गाउँमा एक घर एक धारा बनिसक्दा यहाँ अत्तोपत्तो छैन ।
“हामी जस्तो सचेत नागरिकले सरोकारवाला निकायलाई गुनासो सुनाउँदासुनाउँदै वाक्क भइसकेका छौँ, अन्य दलित समुदायको कुरा कसले सुन्ने, अब आन्दोलित हुनुको विकल्प छैन”, विश्वकर्माले भन्नुभयो, “दलित बस्तीमा पानी ल्याउन लिफ्ट आयोजना सञ्चालन भए पनि बजेट अभावमा ढिलाइ भएको छ, अहिले बागलुङ नगरपालिकाले नयाँ योजना ल्याएको छ, तर कहिले पानी आउँछ टुङ्गो छैन ।”
खानेपानीलाई राजनीतिक मुद्दा बनाउँदा दलित बस्तीले वर्षौंदेखि यो नियती भोग्दै आएको विकको भनाइ छ । विसं २०७७ माघदेखि दलित बस्तीमुनि काठखोला गाउँपालिका–७ खानदुलोमा रहेको मुहानबाट लिफ्टमार्फत पानी पु¥याउने गरी आयोजना सुरु भए पनि बजेट थोरै निकासा हुँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको लामीचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।
वर्षमा रु १० लाख बजेट आउँदा यो खानेपानी आयोजना सक्न अझै चार वर्ष लाग्ने कार्कीको भनाइ छ । कार्कीका अनुसार लिफ्ट आयोजनाका लागि खानदुलो र लामीचौरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको छ । अब मोटर तथा पाइपलाइन र घरघरमा धारा विस्तारको काम बाँकी रहेको उहाँले बताउनुभयो ।
खानेपानी ल्याउने अथक प्रयासपछि स्रोतको पहिचान गरी गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोगमा लिफ्ट योजना अगाडि बढेको भए पनि अहिलेका निर्वाचित जनप्रतिनिधिले सो लिफ्ट आयोजनालाई प्राथमिकता नदिएर रु ७० लाख बजेटमा नयाँ आयोजना निर्माण गर्न थालिएको छ । लिफ्ट आयोजनालाई सक्नेमा नगरपालिकाको ध्यान नदिएर अर्को आयोजना ल्याउनु समन्वयको अभाव भएको स्थानीयको गुनासो छ । प्रदेश सरकारबाट तीन पटकसम्म बजेट आए पनि मुहान नहुँदा कार्यान्वयन हुन नसकेर २०७७ सालदेखि सुस्त गतीमा लिफ्ट आयोजना निर्माणको काम चलिरहेको छ ।
लिफ्ट आयोजनालाई सम्पन्न नहुञ्जेल क्रमशः बजेट व्यवस्थापन भइरहने र आगामी दिनमा बजेट बढाउन पहल भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तुल्सी बस्नेतले जानकारी दिनुभयो । प्रदेश सरकारलाई दलित बस्तीको खानेपानीका विषयमा जानकारी दिएर बजेट बढाउन आग्रह गर्ने उहाँले बताउनुभयो । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !