
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
खेमराज गौतम, गलकोट, २७ जेठ । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरको दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । दुई सय घरपरिवार रहेको एउटै गाउँमा नेता तथा सरोकारवाला खानेपानीको सपना बाँड्दै चुनावका लागि मात्रै पुग्ने गर्दछन् ।
निर्वाचनको समयमा खानेपानीको आश्वासन बाँड्न दलित बस्तीमा पुग्ने नेता त्यसपछि फर्केर जाँदैनन् । देशमा सङ्घीयता आएसँगै खानेपानी आउने सपना बोकेका स्थानीय दलित समुदायले सात वर्षसम्म पानी ल्याउन नसकेको गुनासो गरेका छन् ।
बागलुङ–८ सिगाना लामाचौर दलित बस्तीमा वर्षांैदेखि खानेपानीको चरम सङ्कट भए पनि हालसम्म उक्त सङ्कट टार्न सकिएको छैन । निर्वाचनताका मात्रै खानेपानीको नारा घन्किने दलित समुदायमा हालसम्म पानी आउन सकेको छैन । चुनावमा भोट बैंकका रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत जित्दै आए पनि चुनावताको समयमा गरिएको खानेपानी पु¥याउने वाचा भने अझै पूरा हुन सकेको छैन ।
सो नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशकभन्दा बढी समय बित्दासमेत पूरा हुन नसकेको हो । खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुल जस्तै बन्दै आएको स्थानीय विष्णु परियारले बताउनुभयो ।
“चुनावमा मात्रै नेता खानेपानीको सपना बोकेरे आउँछन्, अहिलेसम्म धारा बन्न सकेन, पहिलाका सांसद र नगरप्रमुखले लिफ्ट आयोजना थाले अहिलेकाले अर्को खानेपानी योजना ल्याएका छन् रे तर जसले जे लिए पनि अहिलेसम्म पानी आउन सकेन”, परियारले भन्नुभयो, “खानेपानी गाउँमै एउटा धारामा आउँछ भने अर्को बस्ती मुनिको मुलबाट ल्याउँछौँ, बिहान खानेपानी बोक्दै बित्छ, यस्तो दुर्दशा कहिलेसम्म रहला कुन्नी ?”
उक्त गाउँमा शतप्रतिशत दलित समुदाय मात्रै बसोबास गर्दै आएका छन् । विसं २०५० भन्दाअघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ । दुई सय घर परिवारमा जम्मा छ वटामात्रै सामुदायिक धारा छन् । त्यसमध्ये एउटा धारामा मात्रै पानी आउने गरेको स्थानीय विष्णु परियारले जानकारी दिनुभयो ।
रेशको बौरमुनिबाट ल्याइएको खानेपानी अहिले मर्मतसम्भारसमेत नहुँदा मुहान सुक्दै गएको छ भने उपल्लो लामीचौरमा पानीको सदुपयोग नहुँदा दलित बस्तीमा खानेपानी पुग्न नसकेको हो । करिब २० वर्षदेखि खानेपानीका विषयमा दलित बस्ती च्यापिएको र थिचिएको महसुस भएको स्थानीय तथा पत्रकार सज्जनकुमारसिंह विश्वकर्माले बताउनुभयो । विभिन्न गाउँमा एक घर एक धारा बनिसक्दा यहाँ अत्तोपत्तो छैन ।
“हामी जस्तो सचेत नागरिकले सरोकारवाला निकायलाई गुनासो सुनाउँदासुनाउँदै वाक्क भइसकेका छौँ, अन्य दलित समुदायको कुरा कसले सुन्ने, अब आन्दोलित हुनुको विकल्प छैन”, विश्वकर्माले भन्नुभयो, “दलित बस्तीमा पानी ल्याउन लिफ्ट आयोजना सञ्चालन भए पनि बजेट अभावमा ढिलाइ भएको छ, अहिले बागलुङ नगरपालिकाले नयाँ योजना ल्याएको छ, तर कहिले पानी आउँछ टुङ्गो छैन ।”
खानेपानीलाई राजनीतिक मुद्दा बनाउँदा दलित बस्तीले वर्षौंदेखि यो नियती भोग्दै आएको विकको भनाइ छ । विसं २०७७ माघदेखि दलित बस्तीमुनि काठखोला गाउँपालिका–७ खानदुलोमा रहेको मुहानबाट लिफ्टमार्फत पानी पु¥याउने गरी आयोजना सुरु भए पनि बजेट थोरै निकासा हुँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको लामीचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।
वर्षमा रु १० लाख बजेट आउँदा यो खानेपानी आयोजना सक्न अझै चार वर्ष लाग्ने कार्कीको भनाइ छ । कार्कीका अनुसार लिफ्ट आयोजनाका लागि खानदुलो र लामीचौरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको छ । अब मोटर तथा पाइपलाइन र घरघरमा धारा विस्तारको काम बाँकी रहेको उहाँले बताउनुभयो ।
खानेपानी ल्याउने अथक प्रयासपछि स्रोतको पहिचान गरी गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोगमा लिफ्ट योजना अगाडि बढेको भए पनि अहिलेका निर्वाचित जनप्रतिनिधिले सो लिफ्ट आयोजनालाई प्राथमिकता नदिएर रु ७० लाख बजेटमा नयाँ आयोजना निर्माण गर्न थालिएको छ । लिफ्ट आयोजनालाई सक्नेमा नगरपालिकाको ध्यान नदिएर अर्को आयोजना ल्याउनु समन्वयको अभाव भएको स्थानीयको गुनासो छ । प्रदेश सरकारबाट तीन पटकसम्म बजेट आए पनि मुहान नहुँदा कार्यान्वयन हुन नसकेर २०७७ सालदेखि सुस्त गतीमा लिफ्ट आयोजना निर्माणको काम चलिरहेको छ ।
लिफ्ट आयोजनालाई सम्पन्न नहुञ्जेल क्रमशः बजेट व्यवस्थापन भइरहने र आगामी दिनमा बजेट बढाउन पहल भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तुल्सी बस्नेतले जानकारी दिनुभयो । प्रदेश सरकारलाई दलित बस्तीको खानेपानीका विषयमा जानकारी दिएर बजेट बढाउन आग्रह गर्ने उहाँले बताउनुभयो । रासस