
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
दमौली, २५ जेठ । तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् ।
जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय तनहुँले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुभएको हो । कार्यक्रममा उहाँले पूर्ण खोप सुनिश्चिततालाई घोषणामा सिमित नराखी आगामी दिनमा दिगोपना दिनुपर्नेमा जोड दिनुभयो । गुरुङले घोषणा मात्रै ठूलो कुरा नभएको भन्दै यसको निरन्तरता प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायत पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाका १२, घिरिङ गाउँपालिकाका पाँच, व्यास नगरपालिकाका १४, भीमाद नगरपालिकाका नौ, म्याग्दे गाउँपालिकाका सात, आँबुखैरेनी गाउँपालिकाका छ, बन्दीपुर गाउँपालिकाका छ, ऋषिङ गाउँपालिकाका आठ, देवघाट गाउँपालिकाका पाँच र भानु नगरपालिकाका १३ वटै वडाका खोप पाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएका छन् ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले चैतभरी सबै वडाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको उपस्थितिमा बालबालिकाको सर्वेक्षण गरी अघिल्लो खोप कार्यक्रममा छुटेका बालबालिकाको खोजी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वैशाखमा ‘खोज र खोप’ अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि पूर्ण खोप घोषणा गरिएको हो ।” उहाँका अनुसार नगरपालिकाभित्र ५९ महिना उमेर समूहका तीन हजार चार सय १९ बालबालिका रहेकामा ३८ जना खोप लगाउनबाट छुटेकामा सबैलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिनुभयो ।
म्याग्दे गाउँपालिकाका एक हजार ४० बालबालिकालाई पूर्ण खोप लगाइएको छ । वडा नं १ मा एक सय ६६, वडा नम्बर २ मा एक सय ५०, वडा नम्बर ३ मा एक सय ३७, वडा नम्बर ४ मा एक सय ६०, वडा नम्बर ५ मा एक सय २९, वडा नम्बर ६ मा एक सय १५ र वडा नम्बर ७ मा एक सय ८३ लाई पूर्णखोप लगाइएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो ।
गाउँपालिकाले विसं २०७९ फागुन १८ देखि चैत मसान्तसम्म हरेक वडामा बालबालिकाले खोप पाए÷नपाएको जाँच गर्न घरधुरी सर्वेक्षण गरेको थियो । आँबुखैरेनी गाउँपालिका छ वटै वडाका छ सय ९९ बालबालिकाले पूर्ण खोप पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार खोप पाए/नपाएको सम्बन्धमा घरघरमै पुगेर सर्वेक्षण गरिएको थियो ।