
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
दमौली, २५ जेठ । तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् ।
जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय तनहुँले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुभएको हो । कार्यक्रममा उहाँले पूर्ण खोप सुनिश्चिततालाई घोषणामा सिमित नराखी आगामी दिनमा दिगोपना दिनुपर्नेमा जोड दिनुभयो । गुरुङले घोषणा मात्रै ठूलो कुरा नभएको भन्दै यसको निरन्तरता प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायत पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाका १२, घिरिङ गाउँपालिकाका पाँच, व्यास नगरपालिकाका १४, भीमाद नगरपालिकाका नौ, म्याग्दे गाउँपालिकाका सात, आँबुखैरेनी गाउँपालिकाका छ, बन्दीपुर गाउँपालिकाका छ, ऋषिङ गाउँपालिकाका आठ, देवघाट गाउँपालिकाका पाँच र भानु नगरपालिकाका १३ वटै वडाका खोप पाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएका छन् ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले चैतभरी सबै वडाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको उपस्थितिमा बालबालिकाको सर्वेक्षण गरी अघिल्लो खोप कार्यक्रममा छुटेका बालबालिकाको खोजी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वैशाखमा ‘खोज र खोप’ अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि पूर्ण खोप घोषणा गरिएको हो ।” उहाँका अनुसार नगरपालिकाभित्र ५९ महिना उमेर समूहका तीन हजार चार सय १९ बालबालिका रहेकामा ३८ जना खोप लगाउनबाट छुटेकामा सबैलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिनुभयो ।
म्याग्दे गाउँपालिकाका एक हजार ४० बालबालिकालाई पूर्ण खोप लगाइएको छ । वडा नं १ मा एक सय ६६, वडा नम्बर २ मा एक सय ५०, वडा नम्बर ३ मा एक सय ३७, वडा नम्बर ४ मा एक सय ६०, वडा नम्बर ५ मा एक सय २९, वडा नम्बर ६ मा एक सय १५ र वडा नम्बर ७ मा एक सय ८३ लाई पूर्णखोप लगाइएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो ।
गाउँपालिकाले विसं २०७९ फागुन १८ देखि चैत मसान्तसम्म हरेक वडामा बालबालिकाले खोप पाए÷नपाएको जाँच गर्न घरधुरी सर्वेक्षण गरेको थियो । आँबुखैरेनी गाउँपालिका छ वटै वडाका छ सय ९९ बालबालिकाले पूर्ण खोप पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार खोप पाए/नपाएको सम्बन्धमा घरघरमै पुगेर सर्वेक्षण गरिएको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की