
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
दमौली, १८ जेठ । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् ।
नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको छ घन्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो । उक्त कम्पनीले नगरपालिकाअन्तर्गतका तीन सडक कालोपत्रको ठेक्का पाएको छ ।
ठेक्का सम्झौता भएर काम नभएपछि बाध्य भएर पत्र काट्नुपरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का लिएर लामो समयसम्म काम नगर्ने, ठेक्का ओगटेर बस्ने प्रवृत्तिका विरुद्ध नगरपालिका कडाइका साथ लाग्छ, सम्झौता योजनालाई समयमै सम्पन्न गराउनेतर्फ नगरपालिका प्रतिबद्ध छ ।”
उक्त निर्माण कम्पनीले नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको भानु जन्मस्थल मोटरमार्ग, कालीमाटी–मानेचौका–कुञ्छा मोटरमार्ग र रातमाटा–राइपाली–भञ्ज्याङ मोटरमार्गको कालोपत्रको ठेक्का पाएको छ । गत वर्ष नै काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि लापरवाहीका कारण काम हुन सकेको छैन ।
कम्पनीका सञ्चालक माधव घिमिरेले कम्पनीमा धेरै ठेक्का भएकाले आवश्यक जनशक्तिको अभाव र अन्य व्यवस्थापकीय समस्याले गर्दा काममा ढिलासुस्ती भएको बताउनुभयो । उहाँले आगामी मङ्गलबारबाट काम सुरु गरी चालु असार मसान्तसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरपालिकाले उक्त कम्पनीसँग भानु जन्मस्थल मोटरमार्गको रु एक करोड ७७ लाख ४७ हजार नौ सय ७३, कालिमाटी–मानेचौका–कुञ्छा मोटरमार्गको रु एक करोड १७ लाख ५५ हजार दुई सय ५७ र र रातामाटा–राईपाली–भञ्ज्याङ मोटरमार्गको रु एक करोड ८३ लाख १५ हजार तीन सय दुईमा सम्झौता गरेको थियो ।
समयमै काम सम्पन्न गर्नु निर्माण कम्पनीको दायित्व भएको र मौखिकरुपमा पटकपटक अनुरोध गर्दा अटेर गरिएपछि बाध्य भएर पत्र काट्नुपरेको नगर उपप्रमुख उमा गोतामेले बताउनुभयो ।
ठेक्का सम्झौता भएर काम नहुँदा घाम लाग्दो धुलो र पानी पर्दा हिलोले सर्वसाधारण मर्कामा छन् । नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विकास योजनामा लापरवाही हुन नदिन नगरपालिकाका प्रतिबद्ध रहेको बताउनुभयो । रासस