
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण आज पनि चारजनाले ज्यान गुमाउन पुगेका छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एकसय ७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
होम आईसोलेसनमा रहेका पोखरा महानगरपालिका वडा नं. १३ का ९२ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो घरमा नै निधन भएको छ । ती पुरुषलाई कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसैगरी, स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ७ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको पनि आज विहान ७ः४५ बजे लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई कार्तिक १८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । ती पुरुषमा एक्युट इस्केमिक सिभिए (सेरेभ्रो भास्कुलर एक्सिडेण्ट), डाईभेटिज मलाईटस लगायतका समस्याहरु रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिउँसो १ बजे जारी गरेको विज्ञप्ति अनुसार कोरोना संक्रमित पोखराका दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ८ का ६७ वर्षीय पुरुषको आज विहान १ः१६ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको हो । ती पुरुषलाई कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनियाको समस्या रहेको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं. ९ का ७५ वर्षीय महिलाको आज विहान ५ः१५ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलालाई कार्तिक १८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । ती महिलालाई निमोनियाको समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा आजमात्र एकसय ४० जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । अहिलेसम्मको अध्यावधिक तथ्याङ्क अनुसार यस प्रदेशमा कोरोना संक्रमितको संख्या नौं हजार एकसय ५८ पुगिसकेको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर