
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण आज पनि चारजनाले ज्यान गुमाउन पुगेका छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एकसय ७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
होम आईसोलेसनमा रहेका पोखरा महानगरपालिका वडा नं. १३ का ९२ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो घरमा नै निधन भएको छ । ती पुरुषलाई कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसैगरी, स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ७ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको पनि आज विहान ७ः४५ बजे लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई कार्तिक १८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । ती पुरुषमा एक्युट इस्केमिक सिभिए (सेरेभ्रो भास्कुलर एक्सिडेण्ट), डाईभेटिज मलाईटस लगायतका समस्याहरु रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिउँसो १ बजे जारी गरेको विज्ञप्ति अनुसार कोरोना संक्रमित पोखराका दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ८ का ६७ वर्षीय पुरुषको आज विहान १ः१६ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको हो । ती पुरुषलाई कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनियाको समस्या रहेको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं. ९ का ७५ वर्षीय महिलाको आज विहान ५ः१५ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलालाई कार्तिक १८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । ती महिलालाई निमोनियाको समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा आजमात्र एकसय ४० जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । अहिलेसम्मको अध्यावधिक तथ्याङ्क अनुसार यस प्रदेशमा कोरोना संक्रमितको संख्या नौं हजार एकसय ५८ पुगिसकेको छ ।