
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आजमात्र तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण कैं कारण यस प्रदेशमा एकसय तीनजनाले ज्यान गुमाई सकेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
यसरी मृत्यु हुनेमा नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका वडा नं. १२ का ८२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण हिजो दिउँसो २ः०० बजे चितवन मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषलाई कार्तिक १८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । कार्तिक ३ गते पेटको आन्द्रामा समस्या भई सोही अस्पतालमा उपचारका क्रममा पछि कोरोना संक्रमण देखिएको थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ का २९ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण हिजो दिउँसो २ः२३ बजे चरकम मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलामा कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं. ८ का ७३ वर्षीय कोरोना संक्रमित महिलाको आज फेवासिटी अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ । ती महिलालाई कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा हाईपरटेन्सनको समस्या रहेको स्वास्थ्य निर्देशनालय गडकी प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा दुईसय ७८ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १७ जना निको भएका छन् । यस प्रदेशमा संक्रमितको संख्या नौं हजार १७ पुगेको छ । यस प्रदेशमा हालसम्म चार हजार आठसय ५२ जना कोरोना संक्रमित निको भईसकेका छन् । साथै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ ।