
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आजमात्र तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण कैं कारण यस प्रदेशमा एकसय तीनजनाले ज्यान गुमाई सकेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
यसरी मृत्यु हुनेमा नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका वडा नं. १२ का ८२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण हिजो दिउँसो २ः०० बजे चितवन मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषलाई कार्तिक १८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । कार्तिक ३ गते पेटको आन्द्रामा समस्या भई सोही अस्पतालमा उपचारका क्रममा पछि कोरोना संक्रमण देखिएको थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ का २९ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण हिजो दिउँसो २ः२३ बजे चरकम मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलामा कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं. ८ का ७३ वर्षीय कोरोना संक्रमित महिलाको आज फेवासिटी अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ । ती महिलालाई कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा हाईपरटेन्सनको समस्या रहेको स्वास्थ्य निर्देशनालय गडकी प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा दुईसय ७८ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १७ जना निको भएका छन् । यस प्रदेशमा संक्रमितको संख्या नौं हजार १७ पुगेको छ । यस प्रदेशमा हालसम्म चार हजार आठसय ५२ जना कोरोना संक्रमित निको भईसकेका छन् । साथै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी