
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ, २४ वैशाख । नेकपा (माओवादी केन्द्र) सांसद गङ्गाकुमारी बेल्वासेले वर्तमान सरकारले छोटो समयमा प्राप्त गरेको उपलब्धि र सन्देशले जनतामा विश्वास र भरोसा जागेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधाँै अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उहाँले लोकतन्त्रका लागि ठूलो सङ्घर्ष गरेका राजनीतिक दलले एक–अर्कालाई दोषारोपण गर्नुका साटो जनता र देश हितमा मिलेर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सरकार र प्रतिपक्षबीच विश्वास बढ्दै गएको छ, समयमै विद्यार्थीले पुस्तक पाएका छन्, राष्ट्रिय आविष्कार केन्द्र र मिटरब्याज पीडितका मुद्दा सम्बोधनको प्रयासले जनतामा विश्वास बढेको हो ।”
नक्कली भूटानी शरणार्थी बनाएर मानव तस्करीमा संलग्नलाई जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने घोषणाले जनतामा आशा र विश्वासको वातावरण बनेको उल्लेख गर्दै सदस्य बेल्वासेले गृहमन्त्रीले कुनै राजनीतिक प्रभावमा नपरी अनुसन्धान गर्न दिएको निर्देशनले सुशासनका लागि भरोसा जगाएको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का जयन्ती राईले नौ सयभन्दा बढी नागरिकलाई गैरनेपाली बनाएर बेचिएको नक्कली भूटानी शरणार्थी प्रकरणमा देशका ठूला र चर्चित भनिएका मानिस संलग्न रहेको घटनाले राजनीतिक र कर्मचारीतन्त्रलाई बदनामी तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेता भ्रष्टाचारी र बेइमानी हुन् भनेर चिनिनुपर्ने भएको छ । घटनामा संलग्नलाई कानूनी कठघारामा ल्याउनुपर्छ । आज दिनप्रतिदिन राजनीतिक दलप्रति जनतामा वितृष्णा छ, यस्ता घटनाले जनताले विकल्प खोज्ने परिस्थिति उत्पन्न भएकोतर्फ सबै शक्ति समयमै सच्चिन जरुरी छ ।”
जनता समाजवादी पार्टी (जसपा) का प्रमिला कुमारीले सरकारले भूमिहीनलाई लालपुर्जा जनसङ्ख्याका आधारमा वितरण गर्न, समयमै कृषि मलको व्यवस्था मिलाउन तथा मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “नक्कली शरणार्थी र आर्थिक चलखेल गर्नेलाई कानूनी दायरामा ल्याउने प्रयास सराहनीय छ । मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउनुपर्छ ।”
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंहले नागरिकता विधेयक र शिक्षासम्बन्धी विधेयक यसै अधिवेशनमा ल्याउन पर्ने आवश्यकता औँल्याउँदै नेपाल र नेपालीको अनुहार फेर्न सबै नेपाली मिलेर काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले महँगीले जनताको ढाड सेकिएर दैनिक जीवन कष्टकर बन्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नक्कली भूटानी शरणार्थी प्रकरणले देशकै लाज लाग्ने अवस्था सिर्जना भएको छ, कम्युनिष्ट सच्चा राष्ट्रवादी र अनुशासित हुन्छ भन्ने बुझाइलाई जनयुद्ध लडेको व्यक्तिकै संलग्नताको यस घटनाले गलत साबित गरेको छ ।”
उक्त घटनामा संलग्न जो कोहीलाई पनि नछाडिने गृहमन्त्रीको उद्घोषलाई धन्यवाद दिँदै उहाँले बलियो कदम चालेर दृढ इच्छाशक्तिका साथ काम गरिएको खण्डमा छोटै समयमै उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।
यसैबीच, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश, २०८० सभासमक्ष पेस गर्नुभयो ।