
१रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
३प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
४सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
५‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
६कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
७हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१०भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
११२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरोरुपमा उतार्न संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर अघि बढाउनुपर्ने बताउनुभयो ।
डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उहाँले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै सबै नेपालीले स्वामित्व लिने सामग्री पस्किनुपर्दछ । अब सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकाले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरूरी छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
राज्यका सबै कामकारबाही पारदर्शी हुनुपर्नेमा जोड दिँदै उहाँले राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चारमाध्यमको नै भएको बताउनुभयो । “नागरिक सुसूचित हुनसक्दा मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ”, उहाँले भन्नुभयो, “राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौँथो अङ्गका रूपमा सञ्चारमाध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनसक्दछ ।”
राज्यका हरेक संरचनाको पहरेदारी गर्ने भएकाले सञ्चारमाध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको जनाउँदै उहाँले सञ्चारमाध्यमको यस भूमिका आगामी दिनमा अझ सशक्त बन्नसक्नुपर्ने बताउनुभयो ।
सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उहाँले आजका सन्दर्भमा आमसञ्चारको भूमिका र योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
“गोरखापत्र संस्थान र गोरखापत्रको नेतृत्व सुशासन र समृद्धिको लक्ष्यप्रति जवाफदेही र इमानदार रहेर मात्र आमसञ्चार जगतमा सरकार र सरकारी सञ्चारमाध्यमप्रतिको विश्वसनीयता कायम राख्न र अभिवृद्धि गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले पछिल्लो समय संस्थानको नेतृत्वको इमान्दारिता र कार्यक्षमतामाथि उठेका प्रश्नको व्यवहारद्वारा प्रतिउत्तर दिन पनि ध्यानाकर्षण गराउनुभयो । “संस्थाको नेतृत्वले जहिले पनि निष्पक्षता, स्वतन्त्रता, संस्थागत एवं पेशागत हित र सुरक्षा, संस्थाभित्र कार्यरत सदस्यको वृत्तिविकास र अभिभावकत्वमा विशेष ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो । संस्थाप्रति सबैको अपनत्वबोध हुने भौतिक एवं भावनात्मक परिस्थितिको निर्माण गरेर मात्र नेतृत्वले आफ्नो क्षमता प्रस्तुत गर्नसक्ने भन्दै उहाँले त्यसको बलमा मात्रै संस्थाले थप परिष्करणका साथ उचाइ हासिल गर्नसक्ने बताउनुभयो ।
नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र नभई युगको जीवन्त प्रतिनिधि भएको उल्लेख गर्दै उहाँले आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र भएको बताउनुभयो । “शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान छ”, उहाँले भन्नुभयो ।
नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको निकै महत्वपूर्ण योगदान रहेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रको इतिहास र सभ्यता जोडिएको यो संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक रहेको बताउनुभयो । “पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनको ‘ले–आउट डिजाइन’मा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय छ, आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध सञ्चारकर्मी र कर्मचारीको काँधमा छ”, उहाँले भन्नुभयो ।
नेपालको पहिलो प्रकाशनका रूपमा विसं १९५८ वैशाख २४ गतेदेखि ‘गोर्खापत्र’को प्रकाशन प्रारम्भ भएको हो । विसं १९९१ वैशाख ९ गतेदेखि गोर्खापत्र प्रत्येक हप्ताको शुक्रबार प्रकाशित भएको थियो । अर्धसाप्ताहिकको विसं २००० असोज २९ गते सातामा मङ्गलबार र शुक्रबार गरी दुईपटक प्रकाशन हुँदै विसं २००३ पुस ८ गतेदेखि सातामा तीन पटक प्रकाशित भएको थियो । विसं २०१७ फागुन ७ गतेदेखि दैनिकरूपमा प्रकाशित भएको हो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !