
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १९ वैशाख । पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो क्याम्पमा विभिन्न विद्यालयका एक सय १८ विद्यार्थी सहभागी छन् । ती मध्ये ५२ जना अन्य मार्सल आर्ट खेलसँग सम्वद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँसहित ज्ञानेन्द्र सिंह, अनिश बुढामगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले निःशुल्करूपमा सहभागीहरूलाई प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षक क्षेत्रीले निःशुल्क टिसर्ट, पानीको बोतल, झोला र किट्स सहभागीलाई निःशुल्क प्रदान गर्नुभएको छ ।
क्याम्पलाई नेपाल मुआथाई सङ्घ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुआथाई सङ्घको सहयोग एवम् समन्वय रहेको छ । थाइल्याण्डबाट सुरु भएको यो खेल हाल विश्वभर फौलिएको छ । तेह्रौैँ शताब्दीमा युद्धकला सिक्न सुरु भएको मुआथाईलाई १८औँ शताब्दीमा तत्कालीन राजाहरूले खेलकोरूपमा विकास गरेका थिए । विश्वकै पहिलो प्राथमिकताको मार्शल आर्ट खेलकोरूपमा विकास भएको र यसबाट थाइल्याण्डको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको बताइन्छ । विश्वका सयौंँ मार्शल आर्ट खेलाडी यो खेल सिक्न थाइल्याण्ड पुग्ने गरेका छन् ।
नेपालमा पछिल्ला समयमा विस्तारै यो खेलको विकास हुँदै आएको छ । उक्त क्याम्प शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले यसबाट विद्यार्थीभित्रको अन्तर्निहित खेल क्षमता उजागर गर्न सहयोग पुग्ने बताउनुभयो । आत्मरक्षा र खेल विकासका लागि समेत क्याम्प उत्तिकै महत्वपूर्ण रहने बताउँदै उहाँले निःशुल्करूपमा आयोजित यस प्रशिक्षणलाई अन्य खेलकुद सम्वद्ध संस्थाले समेत आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।
खेलकुदका प्रदेश निर्देशक कृष्ण तिमिल्सिना, सिनियर मार्शल आर्ट प्रशिक्षक शिव गुरुङलगायतले खेलको महत्वबारे चर्चा गर्नुभएको थियो थियो ।