
१धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
२धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
३बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
६पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
७नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
८‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
९सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
१०रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
११नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१०रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
पोखरा, १९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणको थालनी गरिने उहाँले बताउनुभयो । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई पराजित गरी एसिया कपमा छनोट भएपछि नेपाली टोलीलाई सामाजिक सञ्जालबाट बधाई ज्ञापन गर्दै मुख्यमन्त्री पाण्डेले क्रिकेट खेलका आवश्यक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
कमजोर खेल पूर्वाधारका बीचमा नेपाली टोलीले उच्चस्तरीय प्रदर्शन गरेकामा उहाँले टिमका सबै खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नेपालको जीत सारा नेपालीको भावनासँग जोडिएको छ । कमजोर पूर्वाधारका बीच यति उच्चस्तरीय प्रदर्शनबाट पुलकित भएको छु । साथै गण्डकीको क्रिकेट विकासका लागि सरकारको नेतृत्वका हिसाबले केही नयाँ गर्ने अठोट लिएको छु ।”
गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम निर्माणका लागि प्रदेश सरकारले पटकपटक नीति कार्यक्रम तथा बजेटमा समावेश गरे पनि काम अघि बढ्न सकेको छैन । यसअघि विसं २०७७ मा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएको थियो ।
पशुपतिघाटको एक सय १७४ रोपनी क्षेत्रफल जमिनमा २० हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना बनाए पनि त्यसपछिका अन्य काम भने सुरु हुन सकेको छैन । पोखरा रङ्गशालाभित्रको एक मात्र क्रिकेट मैदानमा अहिले विभिन्न क्रिकेटका प्रतियोगिता सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिस्तरका प्रतियोगिताका लागि वैकल्पिक मैदान अनिवार्य हुने भएकाले पूर्वाधार अभावमा ठूला प्रतियोगिता हुन सकेको छैन ।-रासस
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ