
१मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
३सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
४झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
५मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
६अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
७सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
९पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
१०पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
११मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१२पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
८मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
लुम्बिनी १५ वैशाख । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई शपथ गराउनुभएको हो ।
बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)सहित दलको समर्थनमा सरकारको नेतृत्व गर्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीले गत सोमबार प्रदेशसभामा दोस्रो पटक प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि उहाँको नेतृत्वको सरकार ढलेको थियो ।
प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि प्रदेश प्रमुखले मङ्गलबार बिहीबार अपराह्न ४ बजेसम्म सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो ।
गत माघ ५ गते संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम तत्कालीन अवस्थामा मुख्यमन्त्रीले पहिलो पटक विश्वासको लिँदा उहाँको पक्षमा ५७ मत परेकामा गत सोमबार दोस्रो पटक विश्वासको मत लिँदा भने पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो ।
नवनियुक्त मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)सहित आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य ५३ जनाको समर्थनसहित बिहीबार अपराह्न मुख्यमन्त्रीका लागि प्रस्ताव गर्नुभएको थियो ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार तथा जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एकजना र स्वतन्त्र एक सांसद गरी ५३सांसदको समर्थन रहेको छ ।
तीन बिनाविभागीयमन्त्रीको पनि शपथ
यस्तै नवनियुक्त मुख्यमन्त्री चौधरीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आफ्नो मन्त्रिमण्डलमा तीन मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष आजै सिफारिस गर्नुभयो । सत्ता गठबन्धन दलका तर्फबाट मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई बिना विभागीयमन्त्रीमा नियुक्त गर्नुभयो । नव नियुक्त मन्त्रीहरुलाई पनि संविधानको धारा १७२ बमोजिम आजै सोही समारोहमा प्रदेश प्रमुख शेरचनले शपथ गराउनुभयो । -रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने