
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
कास्की, १२ वैशाख । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । प्रतियोगितामा सहभागी १० जिल्ला मध्येमा कास्की च्याम्पियन बन्यो ।
‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा कास्कीले १४ स्वर्ण, १३ रजत र पाँच कास्य गरी कूल ३२ पदक जितेर च्याम्पियन बनेको हो ।
गत वर्षको विजेता बागलुङले १० स्वर्ण, पाँच रजत र १० कास्य पदक गरी कूल २५ पदकका साथ द्वितीय भयो । नवलपुर जिल्लाले सात स्वर्ण, तीन रजत र आठ कास्य गरी कूल १८ पदक जित्दै तृतीय स्थान हासिल गरेको हो ।
पोखरा रङ्गशालामा आज सम्पन्न भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तृतीय भयो । छात्रा भलिबलमा कास्कीले उपाधि जित्यो । कास्कीले स्याङ्जालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तृतीय भएको छ ।
एथलेटिक्सतर्फ कास्कीले छ स्वर्ण आठ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर पाँच स्वर्ण, एक रजत र पाँच कास्य पदक जितेर द्वितीय तथा स्याङ्जाले चार स्वर्ण र एक कास्यका साथ तृतीय भए ।
यही वैशाख ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा छ वटा खेल भएका थिए । जसमध्ये मार्सल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराते र उसु तथा टिम इभेन्टतर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए ।
विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, परिषद्का कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र ऋषिराम गौतमलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडी यही वैशाख १५ गतेदेखि काठमाडौँमा सुरु हुने तेह्रौँ संस्करणको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने छन् । प्रदेशस्तरीय प्रतियोगितबाट छनोट हुन सफल खेलाडीलाई एक दिने बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।
स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले उत्कृष्ट अनुशासित र सक्षम देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने लक्ष्य रनिङ शिल्डको छ । -रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी