
१बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
२स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
३पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
४‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
५गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
६कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
७‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
८पक्राउ परेका सबै पत्रकार रिहा
९पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
१०‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौँ, ११ वैशाख । यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो ।
आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता शेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ मा खुम्चिएको छ ।
आज बैंकिङ, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव १६, होटल तथा पर्यटन समूह ६५ दशमलव ८२, लगानी समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह १९ दशमलव १९ अङ्कले घटेको हो ।
आज सबैभन्दा धेरै जीवन बीमा समूह ८२ दशमलव १० अङ्क र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ९८ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह २४ दशमलव ५४, वित्त समूह सात दशमलव १४, जलविद्युत् समूह सात दशमलव २२ र लघुवित्त समूह तीन दशमलव ९५ अङ्कले बढेको छ । त्यस्तै म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार समूह चार दशमलव ४६ र अन्य समूह चार दशमलव ४९ अङ्कले बढेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ६२ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कालिञ्चोक दर्शन लिमिटेड पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको रू आठ करोड ८१ लाख ७८ हजार दुई सय २१ बराबरको एक लाख पाँच हजार छ सय ३६ कित्ता शेयर किनबेच भएको छ ।-रासस
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा