
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, ८ वैशाख । दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढ्दै गएपछि राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले पोखरा महानगरपालिका वडा नं. ७ मा मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज शुक्रबार सम्पन्न गरेको छ ।
‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ आयोजित अभिमूखीकरणमा विभिन्न क्षेत्रका गरी ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको आयोजना राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले गरेको थियो भने समन्वय वडाले गरेको थियो । कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरे र अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले सहजीकरण गरेका थिए ।
दिनप्रतिदिन आत्महत्याका घटनाहरु बढ्दै गईरहेकोले यसका न्यूनीकरण गर्न हरेक वडाहरुमा क्रमशः यस्तै अभिमूखीकरण कार्यक्रमको आयोजना गरिने कोशिश संस्थाका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिए । संस्थाले पोखरा महानगरपालिकाका वडाहरु ५, ६, ९, २१, २२, २४, २५ र ३० मा यस अघि नै अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
विभिन्न परिस्थिति वा कठिनाईसँग जुध्ने क्रममा उत्पन्न तीव्र लगातार मनोविचलनका अवस्थामा व्यक्तिले अन्तिम विकल्पका रुपमा बाध्यात्मक मृत्युवरण गर्न पुग्ने अवस्थाको जोखिमलाई कम गर्न यस्ता अभिमूखीकरण कार्यक्रमहरु सहयोगी हुने कोशिशका परियोजना संयोजक घिमिरेको भनाई थियो ।
संयोजक घिमिरेले भने–‘यस्तो अवस्थामा पुगेका व्यक्तिले आफ्नो परिवार, समाज र साथीभाइसँग आफूले भोगेका पीडालाई भन्ने प्रयास गरिरहेका हुन्छन् । यस्तो अवस्थामा परिवार, समाज र साथीभाइले व्यक्तिको समस्या एवं भावनाहरु पूर्वाग्रह नराखी गोपनियताका साथ सुनिदिने उपयुक्त वातावरण निर्माण भएको खण्डमा यस्ता आत्महत्याको जोखिम घटाउनलाई सहयोग पुग्दछ ।’
कार्यक्रममा आत्महत्या भनेको के हो, बढि जोखिममा को पर्दछन् ? चेतवानीका संकेतहरु के के हुन् ? कसरी सहयोग गर्ने लगायतका विषयमा जानकारी दिइएको थियो । आत्महत्याको सोच विचार, योजना बनाएका वा प्रयास गरेका व्यक्तिसँग कुरा गर्दा गर्न हुने र नहुने विषयहरुका बारेमा पनि जानकारी दिइएको थियो ।
आत्महत्याको सोंच, रोकथामका लागि मानसिक र मनोसामाजिक सुस्वास्थ्यलाई दिइनु पर्ने प्राथमिकता, आत्महानी र आत्महत्याको लागि जोखिम समूह, आत्महानी र आत्महत्याको कारण तथा व्यवहार बढाउने तत्वहरु, आत्महत्याको जोखिम र खतराका सूचकहरु, आत्महत्याको जोखिमको न्यूनीकरण गर्न सक्ने सुरक्षात्मक उपायहरु र आत्महत्या सम्बन्धि भ्रम र यर्थाथका बारेमा कोशिश संस्थाका अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले पनि सहजीकरण गरेकी थिईन् ।

पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्य
पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजक वडासदस्य बसुन्धरा लामिछानेले गरेकी थिईन् । कार्यक्रमको समापन गर्दै वडाध्यक्ष आचार्यले यस्ता अभिमूखीकरण कार्यक्रमहरुको आवश्यकता हरेक वडा–वडा र टोल–टोलमा भएकोले स्थानीय निकायले पनि सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।