
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ ।
नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणाअनुसार गाउँपालिकाको केन्द्रसमेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो । सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि मौवाफाँटमा जग्गा व्यवस्थापनसहित आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पालिकाभित्रका बहुसङ्ख्यक नागरिकलाई पायक पर्ने गरी गाउँपालिकाको केन्द्र रहेकै स्थानमा अस्पताल निर्माण गर्ने निर्णय भएको छ ।
कूल रु १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माणमा चालू आवका लागि रु ८५ लाख बजेट प्राप्त भएको छ । यसअघि सङ्घीय सरकारमार्फत रघुगङ्गा–१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापन गरी अस्पताल निर्माण गर्ने योजना स्वीकृत भएको थियो । तर यसैवर्षदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत बेग स्वास्थ्य चौकीको पुनःनिर्माणको काम अघि बढेको कारण एकै स्थानमा एकै प्रकारका दुई योजना अघि बढाउनु उपयुक्त नभएको सो स्थान अधिकांश वडाको लागि अपायक पर्ने भएकाले अस्पताललाई गाउँपालिकाको केन्द्रमा निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।
‘‘एक स्थानीय तहमा एक मात्रै अस्पताल बन्ने मापदण्ड रहेछ, बेगमा अस्पताल हुँदा गाउँपालिकाका बहुसङ्ख्यकलाई अपायक पर्ने देखियो, त्यसैले अस्पताल केन्द्रमा बनाउँदा उपयुक्त हुन्छ, बेगको स्वास्थ्य चौकी पनि पुनःनिर्माणको काम अघि बढेको छ, त्यहाँका जनताले पनि सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउँछन्’’, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो । गाउँपालिकाले यसअघि वडा नम्बर १ को बाँदुकमा समेत स्वास्थ्य एकाइ स्थापना गरिसकेको छ । बेगखोलामा स्वास्थ्य चौकी पुनःनिर्माणका लागि रु एक करोड ३५ लाख बजेटबाट पुनःनिर्माण प्राधिकरणमार्फत काम अघि बढेको गाउँपालिकाले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ