
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
दमौली, २६ चैत । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ मार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले भन्नुभयो, “विज्ञ केन्द्रको वार्षिक कार्यक्रमअनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौँ । आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”
उहाँका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुरलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्णखोप लगाइँदैछ । “सात पालिकाबाहेकका ऋषिङ , घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकताअनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआरलगायतका खोप अभियान पनि सञ्चालनमा छ”, उहाँले भन्नुभयो ।
पूर्णखोप अभियानका लागि एक वडा एक खोपकर्ता परिचालन गरिएको छ । कुनै वडामा दुई खोपकर्ता परिचालित छन् । सात स्थानीय तहका ६६ वडामा ७० खोपकर्ता परिचालित भएर पशुलाई खोप लगाउने कार्य जारी रहेको केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो । “सबै प्राविधिकलाई तालिम दिएर यही महिनादेखि पूर्णखोपका लागि परिचालन गरिएको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार म्याग्दे र आँबुखैरेनी गाउँपालिका सहित व्यास र भिमाद नगरपालिकामा पूर्णखोप अभियान सम्पन्न हुने चरणमा पुगिसकेको छ भने अरु पालिकामा करिब ५० प्रतिशतमा खोप लगाइसकिएको छ । जिल्लाको म्याग्देका छ सय ८६ गाईगोरु, एक हजार एक सय ८३ भैँसी, सात हजार सात सय ५० बाख्रा, एक हजार दुई सय ९५ सुँगुर बङ्गुर, छ सय ५२ कुकुर र ८३ बिरालोलाई पूर्णखोप लगाइसकिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो ।
म्याग्देका सात वडामा १० जना खोपकर्ता परिचालन गरिएको छ । “एक हप्ताभित्र म्याग्देका सबै खोप लगाउन योग्य पशुलाई पूर्णखोप लगाइसक्छौँ”, उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशलाई नै पूर्णखोपयुक्त बनाएर सङ्क्राम रोग निर्मूल पार्ने योजना बनाएको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात–निर्यात हुने भएकाले पूर्णखोप अभियान सञ्चालन गरिएको बताइएको छ ।
पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ ।-रासस
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण