
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
दमौली, २६ चैत । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ मार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले भन्नुभयो, “विज्ञ केन्द्रको वार्षिक कार्यक्रमअनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौँ । आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”
उहाँका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुरलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्णखोप लगाइँदैछ । “सात पालिकाबाहेकका ऋषिङ , घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकताअनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआरलगायतका खोप अभियान पनि सञ्चालनमा छ”, उहाँले भन्नुभयो ।
पूर्णखोप अभियानका लागि एक वडा एक खोपकर्ता परिचालन गरिएको छ । कुनै वडामा दुई खोपकर्ता परिचालित छन् । सात स्थानीय तहका ६६ वडामा ७० खोपकर्ता परिचालित भएर पशुलाई खोप लगाउने कार्य जारी रहेको केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो । “सबै प्राविधिकलाई तालिम दिएर यही महिनादेखि पूर्णखोपका लागि परिचालन गरिएको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार म्याग्दे र आँबुखैरेनी गाउँपालिका सहित व्यास र भिमाद नगरपालिकामा पूर्णखोप अभियान सम्पन्न हुने चरणमा पुगिसकेको छ भने अरु पालिकामा करिब ५० प्रतिशतमा खोप लगाइसकिएको छ । जिल्लाको म्याग्देका छ सय ८६ गाईगोरु, एक हजार एक सय ८३ भैँसी, सात हजार सात सय ५० बाख्रा, एक हजार दुई सय ९५ सुँगुर बङ्गुर, छ सय ५२ कुकुर र ८३ बिरालोलाई पूर्णखोप लगाइसकिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो ।
म्याग्देका सात वडामा १० जना खोपकर्ता परिचालन गरिएको छ । “एक हप्ताभित्र म्याग्देका सबै खोप लगाउन योग्य पशुलाई पूर्णखोप लगाइसक्छौँ”, उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशलाई नै पूर्णखोपयुक्त बनाएर सङ्क्राम रोग निर्मूल पार्ने योजना बनाएको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात–निर्यात हुने भएकाले पूर्णखोप अभियान सञ्चालन गरिएको बताइएको छ ।
पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ ।-रासस