News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रतिवेदन पारित गरिँदै

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले उक्त मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

उक्त नियमावली मस्यौदा समितिको प्रतिवेदन दफावार छलफलपछि पारित गरिनेछ । -रासस