
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा यहाँ आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ, अब विकासका कामले गति लिनुपर्छ ।”
प्रधानमन्त्री दाहालले देश अहिले आर्थिकरूपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गर्दै देशमा सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारको एक सय दिन पुगेको अनुभव सुनाउँदै भन्नुभयो, “मैले पहिलोपटक क्याबिनेट बस्दा अर्थतन्त्रको सुधारको कुरा गरेको थिएँ, जनताले लिने सेवामा पनि सास्ती घटाउने कुरा गरेको थिएँ, अहिले ती कुरा हेर्दा सुधार भएको अनुभव छ, सुधार गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।”
विप्रेषणको स्थितिमा गुणात्मक सुधार गर्नुका साथै राजस्व सङ्कलनमा पनि सुधार गर्ने र विदेशी सञ्चिति अझै सुधार गर्ने बताउँदै उहाँले आफूले प्रधानमन्त्रीको हैसियतमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका गभर्नरसँग पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले मुलुकका सामु समस्या भए पनि अब सबैले मिलेर समाधान गरिने विश्वास व्यक्त गर्दै भन्नुभयो, “सबैको सहयोगले दिगो समाधान गर्न सकिन्छ, गत साल नेपालमा श्रीलङ्का बन्छ भन्ने आतङ्क जस्तो थियो, हामी नयाँ राजनीतिक पहलका साथ अघि बढ्दैछौँ ।”
उहाँले नेपालको पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै देशको परिस्थितिमा सुशासन र न्यायका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !