
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा यहाँ आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ, अब विकासका कामले गति लिनुपर्छ ।”
प्रधानमन्त्री दाहालले देश अहिले आर्थिकरूपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गर्दै देशमा सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारको एक सय दिन पुगेको अनुभव सुनाउँदै भन्नुभयो, “मैले पहिलोपटक क्याबिनेट बस्दा अर्थतन्त्रको सुधारको कुरा गरेको थिएँ, जनताले लिने सेवामा पनि सास्ती घटाउने कुरा गरेको थिएँ, अहिले ती कुरा हेर्दा सुधार भएको अनुभव छ, सुधार गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।”
विप्रेषणको स्थितिमा गुणात्मक सुधार गर्नुका साथै राजस्व सङ्कलनमा पनि सुधार गर्ने र विदेशी सञ्चिति अझै सुधार गर्ने बताउँदै उहाँले आफूले प्रधानमन्त्रीको हैसियतमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका गभर्नरसँग पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले मुलुकका सामु समस्या भए पनि अब सबैले मिलेर समाधान गरिने विश्वास व्यक्त गर्दै भन्नुभयो, “सबैको सहयोगले दिगो समाधान गर्न सकिन्छ, गत साल नेपालमा श्रीलङ्का बन्छ भन्ने आतङ्क जस्तो थियो, हामी नयाँ राजनीतिक पहलका साथ अघि बढ्दैछौँ ।”
उहाँले नेपालको पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै देशको परिस्थितिमा सुशासन र न्यायका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।