
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौँ, १७ चैत । उपप्रधानमन्त्रीसमेत रहनुभएका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज गरेको बताउनुभएको छ । आज गरिएको सूत्रपरिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा लैजाने उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयमा कार्यभार सम्हालेपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो । यी दुवै प्रस्ताव आगामी बस्ने मन्त्रिपरिषद्मा पेशसमेत गर्ने उहाँले जानकारी दिनुभयो । “आज मैले पद बहाली गर्दा ती दुई विषयको फाइलमा हस्ताक्षर गरेको छु, दुईवटै विषय मन्त्रिपरिषद्मा प्रस्तावको रुपमा लगिने छ”, उहाँले भन्नुभयो ।
आजको समयसमेतमा मिटरब्याजबाट पीडित हुनु भनेको सामन्तवादको अवशेष हो भन्दै उहाँले उनीहरूका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेकोसमेत बताउनुभयो । गृहमन्त्री श्रेष्ठले जेल सुधारका लागि ठोस एजेण्डा बनाएर अघि बढ्ने पनि प्रतिबद्धता जनाउनुभयो । उहाँले सुरक्षा निकायलाई कुनै पनि दबाब र प्रभावबाट मुक्त गरिने तथा पेशागत दक्षता वृद्धिमा ध्यान दिइने विश्वास दिलाउनुभयो ।
उहाँले गृह प्रशासनका अधिकारीलाई जनसेवालाई केन्द्र विन्दुमा राखेर काम गर्न निर्देशन पनि दिनुभयो । धनी, सम्भ्रान्त सजिलै प्रहरीको हाकिमकोमा पुग्न पाउने र निमुखाले न्याय नपाउने कुरा कुनै पनि हालतमा सह्य नहुने पनि उहाँले बताउनुभयो । सुरक्षा निकायको कार्यशैलीमा जनताको सेवा दिने गरी रुपान्तरण गर्न पनि आग्रह गर्दै निमुखाले सांसद वा पार्टीका नेतालाई समात्नुपर्ने कुरा गलत भएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, “कुनै समस्य भए बरु समाधान गरौँला तर विनम्रतापूर्वक अनुरोध गर्छु तर जनताको सेवामा खेलवार्ड नगर्नुहोस् ।” उहाँले राष्ट्रिय परिचयपत्र योजना कार्यान्वयन गरिरहेको र जुन आवश्यकता र औचित्यले बनाइएको हो, त्यसलाई पूर्णउपयोग गर्ने वातावरण बनाउन अन्य निकायसँगसमेत समन्वय गरी अघि बढाउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले राष्ट्रिय परिचयपत्र बनाएर त्यसैले काम गर्नुपर्नेमा हरेक निकायमा फेरि ल्याप्चे लिनुपर्ने काम किन भइरहेको छ भनेर प्रश्न उठेकाले त्यसको औचिन्त पुष्टि हुनेगरी ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले अध्यागमन विभाग र कार्यालयलाई व्यवस्थित प्रभावकारी र गुनासोबाट मुक्त गर्नुपर्ने पनि बताउनुभयो । उहाँले अर्थतन्त्रको अवैध कारोबार न्यून गर्नमा आफ्नो मन्त्रालयले ठूलो काम गर्न सक्छ भन्नुभयो ।
अवैध कारोबारलाई रोक्न ठोस र प्रभावकारी कदम चलाउने हो भने अर्थतन्त्रमा गृहको योगदान हुने गृहमन्त्री श्रेष्ठले दाबी गर्नुभयो । उहाँले मन्त्रालयको कार्य क्षेत्रले भ्याएसम्म समाधानतर्फ लाग्न निर्देशन पनि दिनुभयो । उहाँले सरकारले यसअघि गृहमार्फत गरेका सम्झौताको स्वामित्य लिँदै त्यसलाई कार्यान्वनय गर्न आफ्नो जिम्मेवार रहेको पनि बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले गृह प्रशासनका अधिकारीलाई जिमेवारी पूरा गरेर काम गर्न निर्देशन दिनुभयो । पदका आधारमा व्यक्तिलाई होच्याउने र त्योअनुसार सम्बन्ध विस्तार गर्ने काम नगर्न पनि निर्देशन दिनुभयो । राम्रो काम गर्दा अप्ठ्यारो प¥यो भने आफू साथमा रहने बताउँदै झुठ बोलेमा आफूलाई सैह्य नहुने पनि बताउनुभयो । -रासस