
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
जुम्ला, १५ चैत । जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्लाअध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।
विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । अध्यक्ष शाहीले भन्नुभयो, “विगतका तीनवटा संस्करणको सफलतापछि आगामी वैशाख महिनाको ११ गते क्लबले उक्त प्रतियोगिता आयोजना गर्न लागेकोे छ । ”
धावक रोकायाको सम्मानमा उक्त प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको उहाँको भनाइ थियो । बितेका वर्षका तयारीअनुसार अब गरिने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न चार ठाउँमा चेक पोइन्ट उपसमिति तथा दौड हुने मार्गका बजार तथा गाउँमा खेलाडीहरुको स्वागत तथा सत्कारको तयारीको काम भइरहेको छ ।
कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनबाट सुरु भई रारा तालको हुटु छेउमा अन्त्य हुने उक्त प्रतियोगिताको दूरी ४९ किलोमिटर छ । विगतका तीनवटा प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा स्वदेश तथा विदेशका खेलाडी सहभागी रहेकामा यस वर्ष झन्डै दुई हजार खेलाडीको सहभागिता हुने अनुमान गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।
गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्यान्ड, भारत, इटाली, अमेरिकाबाट समेत खेलाडी सहभागी भएका थिए । आउँदो प्रतियोगिताका विभिन्न विधामा २८ धावकलाई नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने भएको छ। उक्त म्याराथनको विजेता महिला पुरुष दुवैलाई जनही रु एक लाख, द्वितीय हुनेलाई रु ७५ हजार, तृत्तीय हुनेलाई रु ५० हजार, सान्त्वना हुनेलाई रु २० हजार र पाँचौँ स्थानमा आउनेलाई रु २० हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ ।
त्यस्तै विद्यार्थीहरुबीच पाँच किलोमिटर दूरीको छोटो दौड प्रतियोगिता पनि हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुई हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ।
यसैगरीे कर्मचारी तथा व्यापारी र उद्योगीबीच पाँच किलोमिटर दूरीको र बालबालिकाको एक किलोमिटर दूरीको दौड प्रतियोगिता पनि हुनेछ । ती प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । उक्त प्रतियोगिताका लागि झन्डै रु २२ लाख खर्च लाग्ने अनुमान गरिएको कर्णाली खेलकुद क्लबले जनाएको छ । यो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको धावक हरिबहादुर रोकायाले बताउनुभयो । रासस
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने